CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

विनायक शिक्षा निकेतन लाई भक्तपुर फुटसल गाेल कप-२०१९काे उपाधि

फेटा GP PSA
535
सिम्रौन्गढ़ नपा psa

भक्तपुर ।।

युवाका साथ साथ साथ आवाज नेपालले सुर्यबिनायक र चागुनारायण नगरपालिका को सहकार्य र बिभिन्न सरकारी तथा गैरसरकारी सङ्घसन्स्थाहरु सङ्गको समन्वय दोस्रो जिल्ला स्तरीय अन्तर बिध्यालय यु१६ फुटसल गोलकप-2019 कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

प्रतियोगितामा प्रथम, दृतिय र तृतीय क्रमशः बिनायक शिक्षा निकेतन स्कुल, ब्लु बर्ड स्कुल र क्याण्डिड इन्टरनेशनल स्कुल हुन सफल भए । प्रथम स्थान हासिल गर्ने समुहलाइ पुरस्कार राशी रु बीस हजार र दृतिय हुने समुहलाइ पुरस्कार राशी रु दस हजार सहित प्रथम, दितिय र तृतिय हुने बिध्यालयहरुलाइ प्रमाणपत्र, मेडल र ट्रफिबाट पुरस्कृत गरिएको थियो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडिको रुपमा ब्लु बर्ड स्कुलका सन्तोष खड्का ट्रफी र नगद रु दुई हजार सहित पुरस्कृत भए भने उत्कृष्ट किपर र सर्वाधिक गोलकर्ता तर्फ भने क्रमशः बिनायक स्कुलका सौजन उदास र सुशील मानन्धरलाई पुरस्कृत गरिएको थियो ।

Karaiya Mai Notice Winter

सुटर्स फुटसलमा आयोजना गरिएको प्रतियोगिताको समापन तथा पुरस्कार बितरण कार्यक्रमका प्रमुख अतिथि सुर्यबिनायक नगरपालिकाका मेयर बासुदेब थापाले यस्तो प्रतियोगिताले खेलाडी उत्पादनमा समेत महत्त्वपूर्ण भुमिका खेल्ने हुँदा यस्ता प्रतियोगिता आवस्यक रहेको बताउनुभयो । साथै उहाँले सम्पुर्ण बिजयी बिध्यालयहरुलाइ बधाई समेत ज्ञापन गर्नुभयो ।

कार्यक्रममा बोल्दै गैसस महासघ भक्तपुरका अध्यक्ष सोम शर्माले बिस्वमा धेरै देशहरू खेलका कारणले प्रख्यात रहेको बताउदै हाम्रो खेल क्षेत्र महत्व छुट्टै रहेको र यो प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो ।
त्यसैगरी बक्ता तथा युवा अभियान्ता बिष्णुहरी दाहालले खेलमा जो सहभागी हुन्छ उसैले नै हार या जित ब्यहोर्छ र प्रतियोगितामा सहभागी हुनु नै ठुलाेञि कुरा रहेको बताउदै प्रतियोगितामा सहभागी २८ वटा बिध्यालयहरुलाई बधाईको पात्र हुनुभएको बताउनुभयो ।

बताएपछि कार्यक्रममा उपस्थिति अतिथिहरुलाई स्वागत एंव कार्यक्रमकाे उद्देश्य माथि प्रकाश पार्दै संस्थाका सस्थापक दिपेश बिसुङ्केजले अबकाे समाज परिवर्तनको नेतृत्व युवा पुस्ताहरुले लिनु पर्ने र प्रतियोगिता पश्चात् भक्तपुर जिल्लामा युवाहरुकाे क्षेत्रमा भईगरेका विकृति र विसंगतिकाे विरुद्ध लड्न हामी सक्छौं भन्ने अभियानमा साथ सहयाेग गर्न सम्पुर्णमा अनुरोध गर्नु भयाे ।

प्रतियोगिता “हामी सक्छौ” अभियान सन्चालनको लागि स्रोत सकलनका लागि समेत आयोजना गरिएको हुँदा सस्थाले अवको एक बर्श असमनता विरुद्ध हामी लड्न सक्छौं र स्वदेशमै हामी केही गर्न सक्छौं भन्ने अभियान सन्चालन गरिने संस्थाका सचिव श्रीकृष्ण थापाले बताउनु भयाे । संस्थाका अध्यक्ष राजेश घिमिरेको अध्यक्षतामा कार्यक्रममा सम्पन्न भएकाे थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश