CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

डेङ्गीको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरले ल्यायो विद्यालय केन्द्रित कार्यक्रम

फेटा GP PSA
544
सिम्रौन्गढ़ नपा psa

विराटनगर , कौशल निरौला२८ भदौ
डेङ्गीको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरले विद्यालय केन्द्रित कार्यक्रम ल्याएको छ । पछिल्लो समय विद्यार्थीहरुमा डेङ्गीको सक्रमण भेटिए संगै महानगरले यसखाले कार्यक्रम अगाडी ल्याएको हो ।
शनिवार वाट विद्यालय र सरकारी कायालयहरुमा लामखुट्टेलाई नियन्त्रण गर्न ’फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको थालनी भएको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीले नगर स्थित आदर्श माध्यमिक विद्यालयमा फगिङ गर्दे यस कार्यको थालनी गरेका थिए । यस भन्दा अगाडि बस्तिहरुमा मात्र फगिङ गरिएको थियो । लामखुट्टे धेरै हुने ठाउँको खोजी र तिनलाई मार्ने अभियान पटक पटक गर्दे आएको महानगरले यसपटक भने विद्यालय र सरकारी कार्यालयहाता भित्र फगर मेसिनवाट यो अभियान शुरु गरेको छ । यस संगै बस्ति क्षेत्रमा समेत पुनः फगिङ् गरिने महानगर स्वास्थ्य साखाका अधिकृत एपोलो भगतले जानकारी दिए । शनिवार मात्रै वडा नं ७ र वडा नं १० का सरकारी ,गैर सरकारी कार्यालय,सामुदायिक विद्यालय,नीजि विद्यालयहरुमा फगर मेसिनवाट लामखुट्टे मार्ने काम भएको छ । यो अभियान महानगरका १९ वटै वडामा क्रमस गर्दे जाने बताइएको छ ।
केही महिनाअघि देखिएको डेङ्गीबाट सक्रमित बिरामीको सख्या विराटनगरमा समेत बढेको छ । प्रभावित क्षेत्रमा टोली खटाएर दैनिकजसो लामखुट्टे मार्ने अभियान सञ्चालन धेरै पटक महानगरले गरिरहेको छ । विद्यालय, क्याम्पस तथा समुदायमा डेङ्गीबारे चेतनामूलक अभियान समेत सञ्चालन गरिएका छन् र लामखुट्टेलाई नियन्त्रण गर्न ’फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको अभियान चलाइएको छ । यस अभियान संगै विराटगरमा सक्रमणको अवस्था घट्ने बिश्वास मेयर पराजुलीले गरेका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश