CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

सामाजिक सदभाव स्थापना गराउन भूमिका खेलेको भन्दै जि टिभिका डाइरेक्टर सम्मानीत

Pheta Chhath Shubhakamana
609
Bara Gadhi Notice winter

सामाजिक र जातीय सदभाव कायम हुनुपर्छ भन्ने मान्यता पञ्चायती कालदेखि नै चलि आए पनि व्यवहारीक कार्यान्वयन भने केही बर्ष देखि सुरु भएको एक कार्यक्रमका सहभागिहरुले बताए ।
केन्द्रीय मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समितिले बाँकेको नेपालगंजद्धारा शनिबार आयोजना गरेको यादगारे इमाम हुसेन पाक कान्फ्रेन्स तथा सामाजिक सदभाव एंव सम्मान कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाले भने ‘चाडपर्बहरु बिथोल्ने तत्वहरुका बिरुद्ध सबै मिलेर लाग्न अपिल गर्नु भयो ।’ उहाले समाजमा केही सिमित व्यक्तिहरुले सामाजिक सद्भाव भड्काउने गरेको उल्लेख गर्दै त्यस्ता तत्वहरुलाई परास्त गर्न प्रशासन,प्रहरी र नागरिक बिचको सहकार्य हुनुपर्ने कुरामा जोड दिनु भयो ।
नेपालगंज उपमहानगर पालिकाका उप मेयर उमाथापा मगरले‘सबै भन्दा पहिले आम नागरिक नेपाली भएको र सबै मिलेर एकले अर्काको अस्तित्व स्वीकार्न सके मात्र समाज बन्ने र समाजमा शान्ति स्थापना हुने बताउनु भयो ।

Karaiya Mai Notice Winter

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक बिर बहादुर ओलीले भने,‘सदियौंदेखि मिलेर बसिरहेको समाजलाई भताभुंग पार्ने तत्व बिरुद्ध नागरिक र प्रहरी सतर्क भएर अगाडी बढ्न आवश्यक रहेको औल्याउनु भएको थियो ।’ उहाँले मोहरर्म पर्व निकै शान्तिपूर्ण तरिकाले सम्पन्न भएको प्रति सबै समूदायलाई धन्यबाद दिदै केन्द्रीय समितिले सामाजिक सदभाव स्थापना गराएको भन्दै सम्मान दिएको प्रति आभार प्रकट गर्नु भएको थियो ।
सामाजिक सदभाव स्थापना गराउन र मोहरर्म पर्व शान्तिपूर्ण रुपमा सम्पन्न गराउन महात्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रमुख जिल्ला अधिकारी खडका,नेपालगंज उपमहानगर पालिकाका उप मेयर उमाथापा मगर,अनुसन्धान विभागका उप निर्देशक कमल प्रसाद भट्टराई, नेपाली सेनाका प्रमुख सेनानी नकुल थापा,एसपी बिर बहादुर ओली,सशस्त्रका एसपी दिप अधिकारी,ट्राफिक प्रहरी नेपालगंजका प्रमुख प्रहरी नायब निरिक्षक भिमराज ओली,हिन्दु धर्म गुरु बागेश्वरी बन्दीरका मूल महान्त चन्दनाथ योगी,मुस्लिम धर्म गुरु मौलाना अब्दुल जब्बार मन्जरी,मन्सुर आरफी,इसाई धर्म गुरु बिनजमीन,सिख्ख धर्म गुरु राजेन्द्र सिहं,बौद्ध धर्म गुरु गुनजन लामा लगायत ३ दर्जन समाज सेवीलाई केन्द्रीय मोहरर्म समितिले सम्मान गरेको थियो ।

यस्तै अधिकारको क्षेत्रमा वकालत गर्दै पत्रकारीता मार्फत सामाजमा सदभाव स्थापना गराउन अहम भूमिका निर्वाह गरेको भन्दै थर्ड एलायन्सका प्रमुख एंव यूथ टुडेका प्रकाशक सम्पादक आलम खान, जि टिभि नेपालका डाईरेक्टर आशीष गुप्ता,भेरी एफएमका स्टेशन प्रमुख आरीफ अन्सारी,न्युज फ्ल्यासका समाचार प्रमुख साहिल शेख,रुबरुका समिर सल्मानीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै बागेश्वरी मन्दीरका महान्त एंव हिन्दु धर्म गुरु चन्दनाथ योगीले,कुनै पनि व्यक्तिगत धर्मको स्वार्थमय रुची बिना धर्महरूले धार्मिक सहिष्णुता अभ्यास गर्नुपर्ने कुरामा जोड दिनु भयो । उहाँले ‘हिन्दु धर्मले कहिल्यै पनि मानिसको व्यक्तिगत विश्वास र विचारको बेवास्ता गर्न आदेश नदिएको र सामाजिक सदभाव, शान्ती प्रमुख प्राथमिकतामा रहेको बताउनु भयो ।
अन्तर धार्मिक शान्ति, सद्भाव र विकासको विषयवस्तुबारे काम धेरै कुरा भए पनि बहिरा आउन नसकी रहेका बेला केन्द्रीय मोहरर्म समितिले मोहरर्म सके लगत्त्तै एक कार्यक्रम आयोजना गरी सदभाव स्थापना गराउने व्यक्तिहरुलाई सम्मान गरेर जिम्मेवारी थपी दिएको धार्मिक अगुवाहरुले बताए ।
केन्द्रीय मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समितिका अध्यक्ष गुलाम हुसेन हल्वाईले मानव अधिकारकर्मी, अभियन्ता, समाजसेवी र प्रशासन सँग मिलेर सामाजिक सम्बन्धलाइ मजबुत बनाउन निकै धेरै काम गरेको बताउदै भविष्यमा थप उदाहरणीय काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । उहाँले कर्बलाको जग्गालाई संरक्षण गर्नका लागि सबैले साकारात्मक भूमिका खेल्न जरुरी रहेको जिकिर गर्नु भयो । केन्द्रीय मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समितिका उपाध्यक्ष इसहाक सिद्धिकि (गुड्डु) को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Baiju sah