CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सेना जनताप्रति बढी उत्तरदायी हुने

सेना जनताप्रति बढी उत्तरदायी हुने

फेटा GP PSA
495
सिम्रौन्गढ़ नपा psa

उषा सरदार ,बिराटनगर ,१असोज

Karaiya Mai Notice Winter

नेपाली सेना जनताप्रति अझ बढी उत्तरदायी हुने बताएको छ । नेपाली सेनाले विराटनगरमा बुधबार नेपाली सेना–पत्रकार, नागरिक समाज र प्रवुद्ध व्यक्तित्वहरूसंगको अन्तक्र्रियात्मक कार्यक्रमको आयोजना गरेको छ । सेना र आम नागरिकबीच प्रगाढ सम्बन्ध स्थापना गरी सेनाभित्र रहेको कमीकमजोरीलाई व्यवस्थापन गर्दै लैजाने उद्देश्यले कार्यक्रम गरिएको थियो । कार्यक्रममा बारा र पर्सामा गएको चक्रवातपछिको घरबार विहिनको लागि सेनाले १२० दिनमा ८३९ घर निर्माण गरि जनतालाई हस्तान्तरण गरेर आपतबिपतमा सेना जहिले पनि देश र जनताको गरिरहने बताउनु भयो । कार्यक्रममा विभिन्न क्षेत्रसंग सम्बन्धित व्यक्तिहरूले सर्पदंशको व्यवस्था विराटनगरमा नै गरिनु पर्ने, रचनात्मक कार्य गर्नुपर्ने, विपद व्यवस्थापनमा अझ जोड दिनुपर्ने जस्ता सुझाव दिनु भयो । कार्यक्रममा मन्तव्य दिंदै पुर्वी पृतनाका पृतनापति अनन्त कार्की, सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयका महासेनानी ईश्वर श्रेष्ठ, सुर्य दल गण थलाहाका गणपति एवं प्रमुख सेनानी रघु पौडेलले सेना अझ बढी उत्तरदायी भएर सेवा गर्ने बताउनु भयो । उनीहरूले कठोर अनुशासनले बाँधिएको व्यारेकमा बस्ने सेना र खुल्ला समाजमा रहने सर्वसाधारणबीच जिम्मेवारीपुर्ण सौहार्द सम्बन्ध गास्नका लागि यस्ता कार्यक्रम सफल हुने विश्वास समेत लिएको बताउनु भयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश