CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

संसदमा राजेन्द्र महतोको आक्रोश : ‘भोलि दीपावली होइन, ब्ल्याक आउट हुन्छ’

Pheta Chhath Shubhakamana
488
Bara Gadhi Notice winter

काठमाडौं — राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपालमा सबै नागरिकले संविधान दिवस मनाउने अवस्था नरहेको बताएका छन्। उनले राष्ट्रिय पर्वको रुपमा लिइने संविधान दिवस सबैले मनाउन पाउनुपर्ने माग गरे।

बिहीवारको संसदमा बोल्दै उनले भने, ‘चार वर्ष बितिसक्यो। सबै नागरिकले उत्साहपूर्वक संविधान दिवस मनाउने अवसर नै आएन, परिस्थिति नै बन्दैन। के हो यो? आफ्नै हातले आफ्नै पीठ थपथपाउने? बडा राम्रो संबिधान बनाएको छु भन्ने?’

उनले थपे, ‘सभामुख महोदय, भोली दिपावली मनाउने रे, उर्दी जारी भएको छ सरकारको। हो? भोली दीपावली मनाइन्छ? देशभरी सबैले मनाउँछ त?’

प्रसौनी गापा सामाजिक संदेश ०७८

सरकारले संविधान दिवस मनाउने अवस्थामा नरहेको उनले बताए।

Karaiya Mai Notice Winter

उनले भने, ‘भोलि दीपावली हुने होइन, ब्ल्याक आउट हुने हो। ७० प्रतिशत जनताले ब्लाक आउट गर्ने हो। देशको मधेशी, थारुले गर्छ।’

उनले सरकारले जनतालाई महत्व नदिएको आरोप लगाए। सरकारले नै संविधान दिवस नमनाएपछि सरकारमाथी बैधानिकताको प्रश्न उठ्ने उनले बताए।

महतोले संविधान मूलुकको दस्ताबेज भएको भन्दै मजाक गर्नु नहुने बताए। संविधान सबैको लागि हुनुपर्ने उनको भनाइ थियो।

उनले संविधान संशोधन गरेर सबैले मनाउने दिवस बनाउन पनि आग्रह गरे। महतोले लामो संघर्षबाट आएको संविधानको विरुद्धमा सरकारले नै काम गरिरहेको आरोप समेत लगाए। सरकार नै संघीयता कमजोर पार्ने काम गरेको उनको भनाइ छ।

Baiju sah