CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पचरौताको निमहामा कल्भर्टको शिलान्यास

फेटा GP PSA
609
सिम्रौन्गढ़ नपा psa

पचरौता, बारा ।।

पचरौता नगरपालिका वाडा न.१ पिपरपाती र वाडा न. ६ पचरौता जोड्ने सडक खण्डको निमहामा कल्भर्टको शिलान्यास गरिएको छ। उक्त सडक कलैया बीरगंज जाने मुल सडक रहेको छ। उक्त सडक भारतको सिमाना बाट करिब २ किलोमीटर मात्र रहेकोले कसैले चासो नदिएको हुनाले वर्षौदेखि दुर्गम क्षेत्रमा पर्ने गरेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उक्त सडक कृषि सडक पनि भनिने गरिन्छ। पचरौताको वाडा न. ५ बेलदारी गुलरिया बाट सिम्रौनगढ सम्म जाने मुल बाटो त्यही भएकोले नगरले त्यसलाई मध्यनजर गरि निर्माण गर्न लागेको नगर प्रमुख रमेश कुमार यादवले बताए। यादवको अनुसार त्यसबाटो लाई ३० मिटर चौडाई कालो पत्रे गर्ने योजना रहेको र त्यसै अनुरुप उक्त कल्भर्ट निर्माण गर्न लागेको बताए। पहिला रहेको पुल बाट वर्षाको पानी पुर्नरुपले थाम्न नसकेकोले बाटो कटान गर्ने गरेकोले पनि पुनरनिर्माण गर्नुपरेको नगर प्रमुख यादवले बताए। नगर प्रमुख यादवकै करकमल बाट कल्भर्टको शिलान्यास गरिएको छ।

Karaiya Mai Notice Winter


उक्त सडकको कल्भर्ट सिडिपी र नगरपालिकाको सहयोगमा निर्माण भैइरहेको सिडिपी बारा प्रमुख बिपिन दासले बताए। पुर्न लागतको १४% ३लाख ३३ हजार १२० एकसय बीस रुपैया नगरपालिका तथा (८६ % ) २० लाख ४३ हजार ४४१ रुपैया सिडिपी को सहयोगमा जम्मा २३ लाख ७६ हजार ५६१ रुपैयामा कल्भर्ट निर्माण भैइरहेको जनाइएको छ।

सिडिपिले बिगतका दिनमा पनि ग्रामीण भेगमा जनताको हकहितका आवस्यक हुने खालको विभिन्न समाजिक कार्य गर्दै आएकोले एउटा छुट्टै किसिमका योगदान गर्दै आएको नगर प्रमुख यादवले बताए।

सिडिपिले बिगतका दिनमा जनता संग सरोकार राख्ने वाडा कार्यालयको भवन खोपवा, हाते कल विशुनपुरवा र पकडिया मिलेर २२, कचोरवामा २० वटा गाड्ने योजना रहेको, स्वास्थ चौकी ४ वटा मध्ये सिम्रौनगढको निर्माणाधीन रहेको छ, प्रसुती गृह ६ वटा, सिचाइको बांध, स्कुलको भवन ५ वटा,  कल्भर्ट ६ वटा मध्ये २ वटा निर्माणाधीन रहेको छ, भने भवनहरुमा चाहिने आवस्यक फर्निचर लगायतका कुराहरुमा सहयोग गरि विभिन्न स्थानीय निकाय लाई असाध्यै सहयोग गर्दै आएकोले सिडिपी प्रमुख बिपिन दास लाई नगर प्रमुख यादवले धन्यवाद ज्ञापन गरेका थिए ।

वाडा अध्यक्ष मकबुल मियाको अध्यक्षता तथा नगर प्रमुख यादवको प्रमुख आतिथ्यतामा एवं कलभर्ट निर्माण समितिका अध्यक्ष बिरेन्द्र ठाकुर सिडिपी बारा प्रमुख दास लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश