CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

हत्या गरि फरार रहेका प्रतिबादी ५ बर्ष पछि प्रहरीको खोरमा।

हत्या गरि फरार रहेका प्रतिबादी ५ बर्ष पछि प्रहरीको खोरमा।

Pheta Chhath Shubhakamana
834
Bara Gadhi Notice winter

हत्या गरि फरार रहेका प्रतिबादी ५ बर्ष पछि प्रहरीको खोरमा।

Karaiya Mai Notice Winter

अमित ठाकुर।रौतहट।असोज ०७। रौतहट जिल्लाको गौर नगरपालिका तत्कालीन वडा नंबर ५ पोखरीया टोल स्थित बाँस बस्दै अाईरहेका ६० बर्षीय जारिर अंसारीलाई हत्या गरि फरार रहेका अपराधी मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक पप्पु नायकले जनाएका छन्। गत २०७१|१२|२२ गते सदरमुकाममा सेवा केन्द्रको बिषयलाई लिएर चर्को अान्दोलन चलिरहदा अपराधी अाफ्नै साथीलाई हत्या गरि फरार भएको थियो। तत्कालीन सेवा केन्द्रको अान्दोलनको बेला मृतक अंसारीको छोरा घर बनाउनको लागि पठाईएको रकम हेर्दा उनको साथीलाई पैसाको लोभ अाएर मृतक अंसारीकै घरमा बाँस बसी मध्य रातमा हत्या गरि फरार भएको प्रहरी निरीक्षक नायकले जनाएको छ। अंसारी र उनका साथी पहिला देखि नै बाख्रा किन्ने र मासु बेच्ने गर्दै थियो। अंसारी अाफ्नो घर बनाउनका लागि छोरा संग ४ लाख ५० हजार रकम लिएपछि मृतक अंसारीका साथी र साथीको छोरालाई पैसाको लोभ लागे पछि मध्य रातमा हत्या गरि फरार रहेको प्रहरी निरीक्षक नायकले जनाएको छ। मृतक अंसारीलाई तत्कालीन गौर नगरपालिका वडा नं. १० सवगढा वस्ने वर्ष ५० को शेख रोज महम्मद र निजको छोरा वर्ष ३० को शेख प्रवेज बुवा छोरा मिलि धारिलो हतियार चक्कुले घाँटी काँटी हत्या गरेको किटानी जाहेरी पछि निज दुवै अपराधीलाई खोज्ने कार्य सुरु गरेको थियो । प्रहरी निरीक्षक नायकको कमान्डमा खटिएको सिअाईटी प्रहरी टोली अंसारीको हत्या संगलग्न ५० बर्षीय शेख रोज महम्मदलाई पक्राउ गरेका छन्। मृतक अंसारीको साथी शेख रोज महम्मद र छोरा शेख प्रवेज पहिला देखि नै योजना बनाएको प्रहरीले जनाएका छन्। मृतक अंसारीको धारीलो चाक्कुले घाँटी काटी हत्या गरेपछि निजको घरमा रहेको टिनाको पेटी फुट्याई सबै रकम लुटी फरार भएको थियो।भने महम्मदको छोरा अहिले पनि फरार नै रहेका छन्। हिजो बेलुकी ६ बजे गौर नगरपालिका वडा नंबर २ महादेवपट्टी बैरगनिया जाने बाटोमा महम्मदलाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक नायकले जनाएको छ। पक्राउ पछि अदालतबाट म्याद थपी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। प्रहरीको भनाइ अनुसार छोरा कुनै पनि कुनामा लुकाअोस छिट्टै प्रहरीले पक्राउ गर्ने प्रहरीले मृतकको परिवारलाई बिश्वास दिलाएका छन्।

Baiju sah