CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

एक झोला लागू अौषध सहित सहनी पक्राउ ।

एक झोला लागू अौषध सहित सहनी पक्राउ ।

फेटा GP PSA
653
सिम्रौन्गढ़ नपा psa

एक झोला लागू अौषध सहित सहनी पक्राउ ।

Karaiya Mai Notice Winter

अमित ठाकुर।रौतहट। असोज ०८ । एक महिना देखि सान्त रहेको अपराधीहरु अपराधीक गतिबिधिमा संलग्न रहेका अपराधीहरुलाई खोजी खोजी प्रहरीले पक्राउ गर्न सुरु गरेका छन्। प्रहरी निरीक्षक पप्पु नायक लामो बिदामा घर गएपछि रौतहटमा अपराधीहरुले उथलपुथल गर्ने गरेको थियो तर प्रहरी निरीक्षक नायकको स्वास्थ्य अवस्था ठिक भए लगत्तै रौतहटको कुना कुनाबाट अपराधीलाई पक्राउ गर्ने कार्य तीब्र गतिमा बढाएका छन्। अाज दिउँसो जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरीलाई सुराकी मिल्न साथ गौर नगरपालिका वडा नंबर १ मेन चौकमा संकाशपद ब्यक्तिलाई चेक जाँच गर्ने क्रममा एक जनालाई १झोला लागू अौषध सहित पक्राउ गरेको प्रहरी निरीक्षक नायकले जनाएको छ। आज मिति २०७६।०६।०८ गते दिउसो अं. १ बजेको समयमा जिल्ला रौतहट गौर न.पा. वडा नं. १ स्थित मेनचौकमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीको चेकजाँचको माध्यमबाट प्रहरी टोलीले आवत जावत गरि रहेका शंकास्पद सवारी साधन तथा पैदल यात्रीहरुलाई चेकजाँच सुरु गरेको थियो । चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ पैदल हिडी आउँदै गरेको जिल्ला रौतहट गरुडा न.पा.वडा नं. ०९ विर्ता गमरिया बस्ने वर्ष २४ को किशोर सहनीलाई चेकजाँच गर्ने क्रममा भिरेको हाते व्यागबाट लागु औषध डाईजेल्याब एम्पुल थान-५०, फेनार्गन एम्पुल थान-५०, नोफिन एम्पुल थान-५०, नाईट्राभेट १० लेखिएको ९५ पत्तामा २८५० पिस, डाईल्याक्स – २ बोतल समेत फेला परेको प्रहरी निरीक्षक नायकले जनाएको छ। पक्राउ परेको सहनीलाई जिल्ला प्रहरी कार्यालयमा राखि थप अनुसन्धान कार्य भईरहेको प्रहरी निरीक्षक नायकले जनाएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश