CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

गुल्मीको छत्रकोट ४ दिगाम बोखरमा सामुदायिक स्वास्थ्य इकाइको शुभारम्भ

फेटा GP PSA
433
सिम्रौन्गढ़ नपा psa

छत्रकोट गाउपालीका वडा नम्बर ४ दिगाम बोखर गुल्मीमा सामुदायिक स्वास्थ्य इकाइको शुभारम्भ गरिएको छ ।

बिहिबार एक समारोहका बिच इकाइको उद्धघाटन गरिएको हो ।

साबिकको ७, ८ र ९ नम्बर वडाका नागरिकलाई स्वास्थ्य सेवा स्थानिय स्तरमै उपलब्ध गराउन इकाइको स्थापना गरिएको हो । इकाइको उद्धघाटन गर्दै गाउपालीका अध्यक्ष मधुकृष्ण पन्तले स्वास्थ्य इकाइ बाट लाभ लिन स्थानियलाई आग्रह गर्नुभएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

उपाध्यक्ष नर्मदा भण्डारी ले बिरामी भएर मात्रै स्वास्थ्य जाँच गराउने बानीलाई परिवर्तन गरि ,बेलाबेलामा नियमीत स्वास्थ्य जाच गराउन आग्रह गर्दै गाउपालीकाले स्पास्थ्यका क्षेत्रका आवश्यक काम गरिरहेको बताउनुभएको थियो ।

Karaiya Mai Notice Winter

वडा नम्बर ३ हर्दिनेटाका वडाध्यक्ष तेजकान्त अर्याल, नेपाली काङग्रेश का नेता जीत बहादुर पौडेलले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रमका अध्यक्ष एवम् वडा अध्यक्ष डिलाराम न्याउपानेले स्वास्थ्य इकाइको बिकास र बृद्धिको लागि स्थानिय ले सेवा लिदै रचनात्मक र सकरात्मक सुझाव दिनुपर्ने बताउनुभएको थियो ।

स्थानियको उल्लेख्य सहभागिता रहेको कार्यक्रमका बिच वडा अध्यक्ष न्याउपानेको अध्यक्षतामा इकाइ संचालनको लागि समिति समेत गठन गरिएको छ ।
जसमा जगनाथ ढकाल,सिता न्याउपाने ,टामलाल न्याउपाने ,सरस्वती पचभैया ,प्राथमिक स्वास्थ्य केन्द्रका डा सागर पौड्याल,इकाइ प्रमुख गीता पाण्डेय सदस्य सचिब चयन हुनुभएको छ ।

इकाइबाट बिरामीले स्वास्थ्य केन्द्रबाट पाउने औषधी र सेवा निशुल्क पाउनेछन । उद्धघाटन समारोह मा वडा सदस्य यम बहादुर नेपालीले स्वागत गर्नुभएको थियो ।

यस्तै बिहिबार नै वडा नम्बर ३ हर्दिनेटा नरममा पनि सामुदायिक स्वास्थ्य इकाइको शुभारम्भ गरिएको छ । कार्यक्रम स्वास्थ्य शाखा प्रमख पुण्य सुबेदिको सन्चालनमा सम्पन्न भएको थियो ।

Baiju sah