CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बझाङमा भान्जी बलात्कारको आरोपमा मामा पक्राउ

फेटा GP PSA
457
सिम्रौन्गढ़ नपा psa

बझाङमा भान्जी बलात्कारको आरोपमा मामा पक्राउ
भान्जी बलात्कार गरेको अभियोगमा मामा पक्राउ परेका छन् । मामाघरमा बस्दै आएकी भान्जीलाई केही वर्ष अघिदेखि नै मामाले बलात्कार गर्दै आएको खुल्न आएको जिल्ला प्रहरी बझाङले जनाएको छ ।
पालन पोषण गर्ने र पढाइ दिने भन्दै घरमा राखेकी भान्जीलाई केही वर्षदेखि नै उनले पटक–पटक बलात्कार गर्ने गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक (इन्सपेक्टर) ईश्वरीदत्त पाण्डेयले बताउनुभयो । उनीमाथि बिहीबार जबरजस्ती करणीमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थपसहित आवश्यक अनुसन्धान भैरहेको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो ।
कक्षा ९ मा अध्यनरत बालिकामाथि बलात्कार गर्ने मामा ६३ वर्षका रहेको प्रहरीले जनाएको छ । उनले भान्जीको मोबाइलमा अश्लिल तस्बिरसमेत खिचेको भेटिएको छ ।
बालिकाको भाइले आफ्नो दिदीको मोबाइल चलाउन खोज्दा नजानेपछि गाउँका एक छिमेकीलाई मोबाइल चलाउन सिकाइदिन आग्रह गर्दा मोबाइलमा अश्लिल तस्बिर देखेपछि घटना बाहिरिएको हो । रासस

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश