पुण्ह चर्चामा उत्रिए मन्त्री यादव।
अमित ठाकुर।रौतहट।असोज १०। प्रदेश नं.२ का अाठौं जिल्लामा सुरु भएको मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ योजना अन्तर्गत अाज रौतहटका एक बिधालयका छात्राहरुलाई साईकल बितरण गरेका छन्। प्रदेश नंबर २ का कृषि सहकारी राज्य मन्त्री योगेन्द्र यादवको प्रमुख अतिथिमा श्री मा.बि बिधालय मानपुरमा बिधालय जाने छात्राहरुलाई साईकल बितरण गरेका छन्।प्रदेश नंबर २ का छोरीहरुलाई पढ्न जान सजिलो हुने र उच्च शिक्षा हाँसील गर्ने उदेश्यले थालिएको यो कार्यक्रम अहिले अाठैँँ जिल्लामा जोर सोरले चलिरहेका छन्। साईकल बितरण भईरहेको हेर्दा प्रदेश नंबर २ का अभिवावकहरु अाफ्ना छोरीहरुलाई पढ्नका लागि बिधालय पठाउने सुरु गरेका छन्। भन्ने कार्यक्रम मन्त्री यादवले कार्यक्रमलाई सम्बोधन गर्दै भने छोरीहरुका लागि शिक्षामा पनि अाउने दिनमा मुख्यमन्त्री कार्यालयबाट विभिन्न प्याकेजहरु ल्याउने अाफ्नो प्रतिबद्धता दिईका छन्। यस अघि अाएको बिनाशकारी बाढीमा मन्त्री यादव निर्वाचित क्षेत्र देखि सकेसम्म अन्य क्षेत्रमा पनि राहत र नगद बितरण गरेको थियो। भने किसानहरुलाई पानी छड्कने मोटर र क्रसर मेसिन बितरण गरेको गरेको थियो। भने प्रदेश कमिटीको कोषबाट विभिन्न ठाउँमा सडक,मन्दिर र बिधालयका भवन बनाएका छन्। सो कार्यक्रममा समाजवादी पार्टी रौतहटका उपाध्यक्ष जय राम महतो,वाडा अध्यक्ष सरोज यादव,युवा नेता उपेन्द्र यादव,दिनेश यादव, अभिभावक लगायत गाउँका भरभलादमीहरुको उपस्थित रहेका थिए।