CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

शिक्षकको सरुवा बिषय लिएर नगरपालिकामा विधार्थीद्वारा ताेडफाेड

फेटा GP PSA
495
सिम्रौन्गढ़ नपा psa

          रौतहटको कटहरिया नगरपालिकाको कार्यालयमा विद्यार्थीहरुले आज विहान तोडफोड गरेका छ ।

Karaiya Mai Notice Winter


शिक्षक सरुवाको विषयलाई लिएर कटहरिया नगरकार्यपालिकाको हिजो बसेको बैठकले नगर अन्तर्गतका एक जना प्रधानाध्यापक सहित ९ जना शिक्षकलाई अन्यत्र सरुवा गर्ने निर्णय गरेको थियो ।राम्रो शिक्षकहरुलाई एक ठाउँबाट अर्को ठाउँमा शिक्षकलाई किन सरुवा गरेको भन्दै कटहरिया नगरपालिका अन्तर्गतका आक्रोसित विद्यार्थीहरुले एका विहानै करिव साढे छौ बजेको समयमा आज सुक्रवार नगरपालिकाको कार्यालयमा तोडफोड गरी ठुलो क्षति पुरयाएको छ ।केहि सरुवामा परेका शिक्षकले नै विद्यार्थीको रुपमा आफना नातागोता र आफन्तका मान्छेहरुलाई विद्यार्थीको रुपमा प्रयोग गरी गुण्डागर्दी शैलीमा एका विहानै दर्जनौको संख्यामा आएर नगरपालिकामा आएर तोडफोड गर्दै करोडौको क्षति पुरयाएको मेयर शियाराम कुश्वाहाले बताएका छन ।शिक्षक सरुवाको विषलाई लिएर विद्यार्थीहरुले तोडफोड गरेको भनिएपनि नगर प्रमुख शियाराम कुश्वाहाले सरुवा भएका केहि शिक्षकले नै प्लान बनाएर सुनियोजित तरिकाले नगरपालिकामा तोडफोड गर्नुका साथै लुटपाट समेत गरेको दावी गरेका छन । कटहरिया नगरपालिकाको बसेको कार्यपालिका बैठकले नगर क्षेत्र भित्रमा शिक्षामा सुधार ल्याउने उदेश्यले केहि शिक्षकलाई सरुवा गर्ने गरेको निर्णय बाहिर नआउँदै यस्तो घटना घटेको मेयर कुश्वाहाले बताए ।विद्यार्थीहरु ठुलो संख्यामा आई नगरपालिकाको जिन्सी शाखाको ताल्चा फुटाएर भित्र प्रवेस गरी दश भन्दा बढी कम्प्युटर र ल्यापटप कामै नलाग्ने गरी फुटाएको छ भने ५० भन्दा बढी कुर्सी, दराज, सिसिटिभी क्यामरा, झयाल, ढोका सबैमा तोडफोड गरेका छन् ।विद्यार्थीहरुले ढुंगामुढा प्रहार गरेर नगरपालिकाको एसीमा पनि तोडफोड गरी पुर्णरुपमा क्षति पुरयाएको छ भने नगरपालिकाको पच्छिम पटी निर्माण भएको नयाँ भवनको ५० वटा सिसाको झयाल पनि कामै नलाग्ने गरी फुटाएको छ ।विद्यार्थीको समुहले नगरपालिकाको महत्वपूर्ण कागजातहरु च्यातेर फालिदिएका छन भने विधुतिय उपकरणहरुमा पनि क्षति पुरयाएको छ ।यता विद्यार्थीहरुले नगर प्रमुख कुश्वाहा र प्रमुख प्रशासकीय अधिकृत मनोज रजकले जातिय र पार्टी गत शिक्षा लादने उदेश्यले उत्कृष्ट शिक्षकहरुलाई अन्यत्र सरुवा गरि अयोग्य शिक्षकको भर्ती केन्द्र बनाउन खोजेकोले हामी त्यसको विरोध गरेका छौ बताएका छन् ।

Baiju sah