CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नगरपालिकाले गरे निजि जमिनमा बल प्रयोग

फेटा GP PSA
2,950
सिम्रौन्गढ़ नपा psa

अनिल वर्मा, फाल्गुन ०६//  बाराको कलैया उपमहानगरपालीका कार्यालयले निजि जग्गामा डोजर लगाइ भरिएको माटो निकाली नाला बनाएका छन् । जनकपुर उच्च अदालतको कार्यालय वीरंगजले निजि जग्गामा कुनै कार्य नगर्न निषेध आज्ञ्या जारि गरे तापनि नगरपालीकाले निषेधाज्ञा लाइ लत्याउदै पुलिस लगाएर डोजर बल पुर्वक फुलेना सिह को निजि जग्गा लाइ भरेका छन् । पौष १० गते नगरपालीकाले बल प्रयोग गरिरहेको बेला आफुले रोक लगाई कानुन अनुसार न्याय लिन उच्च अदालतमा निवेदन दिएको फुलेना सिहले जनकारी दिएका हुन् । पौष १५ गते कलैया उपमहानगरपालीकाको नाममा निषेधाज्ञा जारि गरि निजि जमिनमा केहि नगर्न आदेश दिए पनि त्यो निषेध आज्ञा लाइ लत्याउदै त्यो निजि जमिनमा जवरजस्ती गरेको सिहले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

डोजर बाट माटो खन्ने कार्य लाइ रोक्न जादा जिल्ला बाट पुलीस बोलाइ आफु सहित पाच जना लाइ थुनामा समेत राखेको सिह ले बाताए। कलैया -१ गुप्ता पेट्रोल पम्प को नजिक पुर्व पट्टी ट्रेक्टरको डबा बनाउने कार्य दुइ महिना अघि देखिनै हुदैआइरहेको भए तापनि त्यसलाई तोडफोड गर्दै रोडमा फाली नाला निर्माण गरिरहेको सिहले जानकारी दिए । जिल्ला प्रहरी नायव उपरिक्षक रंजित सिह राठौर संग बुझदा उपमहानगरपालिका ले शान्ति सुरक्षाको माग गरे अनुसार हामीले गरेको बताए । हुलाकी राजमार्गमा पेट्रोल पम्प नजिक बाटोमा पानी जामा भएको ले पानीको निकास खोलन लाइ शान्ति सुरक्षा मा खटेका पुलीस जवन डोजर नचल्न दिएकोले फुलेना सिह , सुशील सिह विजय सिह र ओजाविर मिया लगायत दुइ जना महिला लाइ समेत समातेको राठौरले बताए ।

महिला लाइ पठाई दिने र पुरुष हरु बाट त्यहा कुनै किसिमालो बाधा अवरोध नगर्ने गरि मंजुरिनामा गराई पठाउने जानकारी गराएका थिए । कलेया उपमहानगरपालीका का मेयर राजेश राय यादव को मोवाईल नम्वर ९८५५०४५२७१ मा सम्पर्क गर्दा फोन उठेको थिएन । जिल्ला प्रशासन प्रमुख संग बुझदा निषेध आज्ञा नभएको निषेध आज्ञाको माघ मात्र गरेको बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश