CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सप्तरीमा बडादशैं लक्षित सवारि चेक जाँच चेकजाँचमा कडाइःट्राफिक शम्भुनाथ

फेटा GP PSA
530
सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा
सिरहा,असोज १६ गते । विजया दशमी,दिपावली तथा छर्ठ पर्वलाई मध्य नर्ज गर्दै सवारी साधन दुर्घटना भएर मानिसको ज्यान जाने क्रम बढेपछि ट्राफिक प्रहरीले सबारी साधन चेकजाँचमा कडाई गरेका छन् । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको लापर्वाही, मादक पदार्थ सेवन गरी सबारी साधन चलाउने, अत्याधिक यात्रु बोक्ने जस्ता कार्य घटाउन सक्रियता बढाएको हो । जिल्ला ट्राफिक प्रहरी कर्यालय शम्भुनाथ सप्तरीले मातहतका स्थानमा सवारी साधनको चेकजाँचमा कडाई गरेका छन् । खासगरी पुर्बपश्चिम लोकमार्गमा लामो तथा छोटो दुरीका सवारी साधन गुड्ने र दुर्घटना हुने क्रम पनि बढेकाले चेकजाँचमा कडाई गरिएकोे जिल्ला ट्राफिक प्रहरी कर्यालय शम्भुनाथ सप्तरीका प्रहरी नायब निरिक्षक चौधरीले बताए । नियम विपरीत सवारी साधन चलाएको पाइएपछि ऐन अनुसार कार्वाही गरिरहेको जिल्ला ट्राफिक प्रहरी कर्यालय शम्भुनाथ सप्तरीका प्रहरी नायब निरिक्षक मनोज कुमार चौधरीले बताए ।

Karaiya Mai Notice Winter

जिल्ला ट्राफिक प्रहरी कर्यालय शम्भुनाथ सप्तरीले चाडपर्व लक्षित दुर्घटना न्युनीकरणका कार्यक्रमलाई तिव्रता दिएको छ । चाडपर्वको समयमा हतारिएर यात्रा गर्दा र तिव्र गतिमा सवारिसाधन गुडाउँदा हुन सक्ने सम्भावित मानविय तथा भौतिक क्षति हुन नदिन ‘ठाउँको ठाउँ’ सवारि चेक जाँच र ट्राफिक सचेतना सहितको सचेतनालाई एकै साथ सञ्चालन गरेको जिल्ला ट्राफिक प्रहरी कर्यालय शम्भुनाथ सप्तरीका प्रहरी नायब निरिक्षक मनोज कुमार चौधरीले बताए ।
सानो गल्ती र कमजोरीलाई ख्याल नगर्दा ठुलो दुर्घटना ब्योहोरनु पर्ने भएकोले जरिवान काट्नु भन्दा सवारि चालकलाई सचेतना पहिलो प्राथमिकता दिईएको जिल्ला ट्राफिक प्रहरी कर्यालय शम्भुनाथ सप्तरीका प्रहरी नायब निरिक्षक चौधरीले बताए ।
जिल्ला ट्राफिक प्रहरी कर्यालय शम्भुनाथ सप्तरीले सवारि साधन,चालक,यात्रुलाई मध्यनजर गर्दै ठाउँको ठाउँ ट्राफिक सचेतनाको साथै मुस्कान सहितको सेवा दिदै आएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश