CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिहमा यात्रु सहायता कक्ष संचालनः चेकजाँचमा कडाई

फेटा GP PSA
556
सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा
सिरहा,असोज १६ गते । ट्राफिक प्रहरी पोष्ट बन्दिपुरले चाडपर्व लक्षित दुर्घटना न्युनीकरणका कार्यक्रमलाई तिव्रता दिएको छ । बडा दशैं नजिएक सँगै पेशा ब्यवसायले घर बाहिर रहेकाहरु जन्मस्थल फर्कन थालेसँगै ट्राफिक सचेतनालाई जोड दिएको हो ।
चाडपर्वको समयमा हतारिएर यात्रा गर्दा र तिव्र गतिमा सवारिसाधन गुडाउँदा हुन सक्ने सम्भावित मानविय तथा भौतिक क्षति हुन नदिन ‘ठाउँको ठाउँ’ सवारि चेक जाँच र ट्राफिक सचेतना सहितको सचेतनालाई एकै साथ सञ्चालन गरेको ट्राफिक प्रहरी पोष्ट बन्दिपुरका ईन्चार्ज उमेश चौधरीले बताए ।
सानो गल्ती र कमजोरीलाई ख्याल नगर्दा ठुलो दुर्घटना ब्योहोरनु पर्ने भएकोले जरिवान काट्नु भन्दा सवारि चालकलाई सचेतना पहिलो प्राथमिकता दिईएको ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका प्रहरी हवल्दार शयम यादबले बताए । ट्राफिक प्रहरी पोष्ट मिर्चैयाकाले सवारि साधन,चालक,यात्रुलाई मध्यनजर गर्दै ठाउँको ठाउँ ट्राफिक सचेतनाको साथै मुस्कान सहितको सेवा दिदै आएको छ ।
त्यसै गरि ट्राफिक प्रहरी पोष्ट बन्दिपुर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्तमा आज देखि यात्रु सहायता कक्ष संचालन भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट बन्दिपुरका ईन्चार्ज उमेश चौधरीले जानकारी दिएको छ ।
विजया दशमी,दिपावली तथा छर्ठ पर्व नजिक्दै गर्दा बन्दिपुरमा निकैनै भिड बढ्दा सो कक्ष अहिले संचालन भएको ईन्चार्ज चौधरीले जनाएको छ । यो कक्ष विभिन्न ठाउँमा आउने जाने यात्रुहरूको लागि र चालक, सह चालकहरुको लागि विशेष गुनासो सुन्नको लागि संचालन भएको ईन्चार्ज उमेश चौधरीले जनाएको छ

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश