

हिन्दुहरुको महान् चाड बडादशैंको आगमनले गुल्मी लगायत ग्रामीण मुख्य बजारमा चहलपहल बढ्को छ ।
दशैं पर्वलाई मध्यनजर राखेर आवतजावत गर्नेको चाप र बजारमा किनमेल गर्न आउनेहरुको भिडभाडले चहलपहल बढेको हो । काम बिशेषले शहर र रोजगारिको लागि बिदेसीएकाहरु दशैंका लागि गाउँ फर्कने क्रमले सुनसान बनेका ग्रामीण बस्तीमाहरु पनि यतिबेला चहलपहल बढेको छ । चाडपर्वमा नयाँ कपडा लगाउनु पर्छ मिठो खानु पर्छ भन्ने मान्यताले बजारमा किनमेल गर्नेहरुको भिडले बजारमा चहलपहल बढेको छ । वडादशैंमा सकेसम्म परिवारका सबै सदस्यहरु एकैठाउँमा जम्मा भएर मनाउनु पर्छ भन्ने मान्यताले पनि ग्रामीण क्षेत्रमा चहलपहल बढेको हो ।
दशैं मनाउन तथा किनमेल गर्न आउनेहरुको भिडले गुल्मीको सदरमुकाम तम्घासमा पनि भिडभाड बढेको छ । तम्घास बजारका बिभिन्न पसलहरुमा किनमेल गर्नेहरुको भिड बढेको छ । चाडपर्व सँगै किनमेल गर्न आउनेहरुले गर्दा तम्घास बजारका बिभिन्न व्यासायीहरु खुसी छन् । चाडपर्वमा राम्रो व्यपार हुने गरेको व्यासायीहरु बताउछन् । सदरमुकाम र अन्य ठाउबाट बिभिन्न गतनतव्य स्थलमा फर्किनेहरुले बसपार्क तथा सवारी साधनहरुमा छुटने स्थानहरुमा भिड देख्न सकिन्छ । साउदीमा साढे दुइवर्ष बसेर आएका मालिका गाउँपालिका गुल्मी घरभएका कृष्ण बिष्टले दशैंमा परिवारसँग खुसी साटेर मनाउन आएको बताए ।


प्रदेसीनु रहन नभइ बाध्यता रहेकाले चाडपर्व मनाएर रोजीरोटीकै लागि पुन फकिनु पर्ने बाध्यता रहेको बताए । अहिले खुसीले कतिबेला परिवारसँग पुगौं भएका बिष्टले रोजगारिका ेव्यवस्था नहँुदा बाध्यताले बिदेशीनु बिकल्प नरहेको उनको भनाई छ । दशैंले बिद्यालयहरु पनि बन्द भएकाले ग्रामीण सडकमा यात्रुको चाप बढेको छ । चाडपर्व मनाउन लामो समयसम्म देश तथा प्रदेशमा रहेका आफन्तहरु घर फर्किने गर्नाले सडकमा चाप वढन थालेको हो ।
दशैं पर्वलाई मध्य नजर राखेर जिल्लाका स्थानीय तहहरुले ग्रामीण भेगका कच्ची सड्कहरु मर्मत गरिरहेको छ । वर्षातको पानीले बिग्रिएका सडकहरु मर्मत गर्नाले यात्रुहरुलाई सहजरुपमा गनतब्यमा पुग्न सजिलो हुनेछ । चडपर्वलाई लक्षित गरेर जिल्लामा २ वटा नागरिक सहायता कक्ष पनि स्थानपना भएका छन् । यात्रुहरुको सहजताको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीले बसपार्क र जीपपार्क क्षेत्रमा नागरिक सहायता कक्षहरु रहेका छन् ।
यात्रुहरुलाई सुरक्षित तरिकाले गनतव्यमा पुग्न सहजता ल्याउन सहायता कक्षले सहयोग गर्ने उदेश्य राखिएको छ ।
