CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बडा दशैंको नवौं दिन गुल्मीका शक्ती पिठमा भक्तजनको भिड

फेटा GP PSA
457
सिम्रौन्गढ़ नपा psa

बडादशैंको नवौं दिन आज बिभिन्न मन्दीर तथा शक्तिपिठ देवालयमा नवदुर्गाको पूजाआराधना गर्दै महानवमी मनाइएको छ ।

महानवमीको अबसरमा गुल्मीका बिभिन्न देवालयमा पूजाआज तथा बिभिन्न मेडाहरुको बली दिएर मनाएका छन् । नवमीको अबसरमा गुल्मी स्थित धार्मिक तथा ऐतिहासिका मन्दिरहरु मुसिकोट, इस्माकोट, धुर्कोट, चारपाला दरवार, उजुङ्गकोट, जोगिथुम मन्दिर, अर्जुन भगवती मन्दीर, तम्घास मन्दिर लगायतका स्थानका मन्दिरहरुमा पूजागर्नेहरुको ठुलो भिड लाग्ने गर्दछ । जुन मन्दिरहरुमा परापूर्वकालमा ऐतिहासिका राजाहरुले बसोवास गरेको पुरानो मान्यता पनि रहेको छ । महानवमीको अबसरमा उक्त मन्दिरहरुमा पञ्चवली राँगा, पाठा, परेवा, कुबिन्नो, हाँस, कुखुरा लगायतका बिभिन्न पशुहरु तथा फलफूलहरु पनि चढाउने गर्दछन् । देवतालाई बली दिएर मनको आकांक्ष पुरा हुने बिश्वासका साथ बली दिने गर्दछन् ।कतिपय साहाकारीले कुबिन्नो, काक्रा,मुला जस्ता पनि चढाउने प्रचल रहि आएको छ । बली दिएसँगै देवता खुसी हुने र आफुले मनले आटेका चिताएको कुरा पुरा हुन्छन् भन्ने मान्यता रहेको जनश्विास छ । परिवारको खुसशान्तीको कामनामा बली दिने गर्दछन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

गुल्मीका बिभिन्न स्थानमा रहेका मन्दिरहरुमा बिहानैदेखि पूजा तथा वली दिनेहरुको भिड लागेको थियो । काम बिशेषले शहर र रोजगारिको लागि बिदेसीएकाहरु दशैंका लागि गाउँ फर्कने क्रमले सुनसान बनेका ग्रामीण बस्तीमाहरु यतिबेला चहलपहल बढेको छ ।चाडपर्वमा नयाँ कपडा लगाउनु पर्छ मिठो खानु पर्छ भन्ने मान्यताले बजारमा किनमेल गर्नेहरुको भिडले बजारमा चहलपहल बढेको छ । वडादशैंमा सकेसम्म परिवारका सबै सदस्यहरु एकैठाउँमा जम्मा भएर मनाउनु पर्छ भन्ने मान्यताले पनि शहरबजारमा भन्दा ग्रामीण क्षेत्रमा चहलपहल बढेको हो । जिल्लाका तम्घास सहित मुख्य बजारहरु सुनसा नबनेको छ भने ग्रामीण गाउँ बस्तीमा मानिहरुको उलेख्य चहलपहल र उल्लासमय बातावरण बनेको छ । हिन्दुहरु धर्म मान्नेहरुको लागि बिशेष चाड बिशेष पर्वको रुपमा मनाइने बिजया दशमी दशैं प्रमुख चाडको रूपमा मनाईन्छ । दशैं पर्व असत्य माथी सत्य को बिजय भएको रुपमा यो चाड लाई मानिन्छ ।आश्विन शुक्ल प्रतिपदादेखी नवमीसम्म शक्तिकी देबी दुर्गामाता को पूजाआराधना गरी दशमी को दिन दशमीको टिका प्रसाद ग्रहण गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येकदिन फरक देवीहरूको पूजा हुन्छ ।

दशै आश्विन शुक्लपक्ष प्रतिपदा घटस्थापना देखि सुरु भएर कोजगात पूर्णिमासम्म (१५ दिन सम्म ) बिजया दशमी दशैको छुट्टै महत्वका साथ मनाउने गरिन्छ । आश्विन शुक्ल प्रतिपदाको दिन लाई घटस्थापना भनिन्छ । यसै दिन देखी नबरात्री आरम्भ हुन्छ । प्रतिपदादेखि शैलपुत्री, ब्रह्मचारिणी,चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती(चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वतिको विशेष पूजाआजा र आराधाना गरिन्छ ।

दशैंको दशमीको दिन आफ्ना मान्यजनहरु बाट टिका तथा जमरा लगाई आशिर्बाद ग्रहण गरिन्छ । आफ्नो क्षमता अनुसार मिठो खाने खुवाउने पनि गरिन्छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश