CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

विराटनगर महानगरका मेयर पराजुलीले ९ दिन अन्न ग्रहण नगरि नौदुर्गाको अनुष्ठान गरे पुरा

विराटनगर महानगरका मेयर पराजुलीले ९ दिन अन्न ग्रहण नगरि नौदुर्गाको अनुष्ठान गरे पुरा

विराटनगर महानगरका मेयर पराजुलीले ९ दिन अन्न ग्रहण नगरि नौदुर्गाको अनुष्ठान गरे पुरा

फेटा GP PSA
962
सिम्रौन्गढ़ नपा psa

विराटनगर २१ मंगलवार
नवदुर्गाको आराधना गरिने दशैंको घटस्थापनाको दिन देखि ९नौ दिन सम्म अन्न नखाई, दूध मात्र खाएर विराटनगर महानगरका मेयर भीम पराजुलीले नवरात्रको अनुष्ठान पुरा गरेका छन् । दशैंको नवरात्रमा नौ दिनसम्म देवी दुर्गाको आराधनामा रहँदा अन्न समेत ग्रहण नगरि मेयर पराजुलीले देवी दुर्गाको अनुष्ठानमा आफूलाई समर्पित गरेका छन् । विभिन्न धार्मिक पिठमा गएर धार्मिक कार्यक्रममा समेत उनले सहभागिता जनाए । बिगतका वर्ष जस्तै यसवर्ष पनि मोरङको रंगेली स्थित कालिमन्दिर र विराटनगर स्थित कालिमन्दिरको आयोजनामा ,निशान यात्रा तथा निशान ध्वजा यात्रामा सहभागि भए ।
भगवान भक्ती, पूजापाठ, अनुष्ठान र देवी आराधना सहित नौ कन्याको पुजा गर्दे दशैको टिका ग्रहण समेत गरेका छन् । साइत अनुरुप मंगलवार १० वजेर ३५ मिनेट जादा ८० बर्षिया आमा तुलसीमाया पराजुलीको हातवाट टिका ग्रहण गरेका हुन् ।
धार्मिक भएकै कारण राजनैतिक तथा सामाजिक जीवनमा सफलता मिलेको विश्वास गर्ने पराजुली दैनिक पुजापाठ गर्छन । यसका अलावा विभिन्न तिथिहरुमा नियम पूर्वक ब्रत बस्ने र छैटमा दण्डप्रणाम गरेर नदितटमा जाने गरेका कारण उनी धार्मिक व्यक्तित्वकारुपमा समेत लोकप्रिय छन् । धर्म र संस्कार सहितको राजनैतिक स्थिरता चाहिन्छ भन्ने मेयर पराजुली समय सापेक्ष नैतिक शिक्षा र मुल्यमान्यता सिकाउनुपर्ने बताउछन् । उनले सवै देशवासी नेपालीमा विजयादशमीमको शुभकामना समेत प्रदान गरेका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश