यात्रामै थिए म पनि एउटै बसमा,
खै रोकिन्छ कि सफर खोली बगरमा,
म भन्दा पछीका साथी हेर अगि पुगेका,
तर मेरो मनका सपनाहरु सधैं लुकेका,
अगि बढ्न खोज्छु अनायसै ररोकिन्छु,
कसरी जाने खै बिचबिचमा ठोकिन्छु।
आफ्नो भनी साथ दिन्छ्न कहिँ कतै,
साथ त मिल्यो अवसर नै मिलेन खै,
आमाबुबाको सपना पूरा गर्नु थ्यो मलाई,
मेरो लक्ष्य र इच्छाबारे बताऊ म कस्लाई,
साथ सगैँ घात गर्ने नि भेटिदाँ रहेछन,
प्रतिभा र पीडा नहेरी निर्णय गरिदो रहेछ।
मेरो सपना मेरो जीवनको हिस्सा हो,
तर समय र परिस्थितिले बदल्ने भो,
खै म अब कहाँ कस्को सहारा लिऊ,
आफ्नो खुसी रोजु या अरुलाई दिऊ,
अगि बढ्दा काडाँ बिज्छ पाऊँमा,
पीडा सहु या अगि बढु म सफरमा।
अलिकति सिढी चढ्न पाएँ हुन्थ्यो,
थोरै सपना पूरा हुने भए नि पुग्थ्यो,
बन्नु छैन महाकवी र आशुँकवी मलाई,
बस थोरै नाम राख्न पाऊँ मन जलाई,
दियोको बाती हु म जोगाएमा बलिरहन्छु,
निभाउने प्रयास नगर्नु आगलागी गराउने छु।
पुजा अर्याल
इस्मा गाउँपालिका-5
गुल्मी