

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं ७ बामरुक भालुपोखरा का रामु बिसी भुसालको ४२ बर्षको उमेरमा लडेर मृत्यु भएको छ ।आफ्नो बुबाको चौरासी पुजा चलिरहेकै अबस्थामा घरभन्दा माथ्थिर पंचेबाजाको धुन संगै स्थानिय निम्तालु नाँचेको स्थानमा गै नाँच्ने क्रममा सोही ठाउँमा रहेको ढिकबाट लडेर आँगनमा आई गम्भीर घाइते भएका रामुको जिल्ला अस्पताल ल्याउने क्रममा निधन भएको स्थानीय दल बहादुर भट्टराईले जानाकारी दिएका छन ।बुबाको चौरासी गर्नको निम्ति भारतबाट दशै अघि घर आएका उनको उपबास बसेको अबस्थामा अग्लो ढिकबाट लडदा टाउको नै भाँच्चिएको कारण उनको मृत्यु भएको अनुमान गरीएको सयोगी बिसीले बताउनु भएको छ ।
