CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

महागढ़िमाइ क्रीकेट क्लबलाई बिरगंज युवा च्याम्पसले ८५ रनले पराजित

फेटा GP PSA
604
सिम्रौन्गढ़ नपा psa

साजिर मन्सूर, कलैया,असोज २९ ।। 

बारा जिल्लामै अहिले सम्मकै उच्च पुरस्कार राशिको क्रीकेट प्रतियोगिता महागढिमाई नगरपालिका स्थित रंगशाला बरियारपुरमा भैरहेको क्रीकेट प्रतियोगितामा आज भएको पहिलो खेलमा आयोजक पराजित भएको हो । क्रीकेट प्रतियोगिताको उदघाटन खेलमा आयोजक महागढ़िमाइ क्रीकेट क्लबलाई बिरगंज युवा च्याम्पसले ८५ रनले पराजित गरेको छ ।  २० ओभरको खेलमा पहिले ब्याटिङ गर्दै बिरगंजले अलियास मन्सूर को ४५ तथा समीर अन्सारिको ४३ रनको मदतमा १३७ रन बनाएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

जबाफी ब्याटिङ थालेको आयोजक महागढिमाई क्लबले ५२ रनमै अल आउट भएको थियो । आयोजक को तर्फबाट खुर्सेद अन्सारले नट आउट ३२ रन बनाएका थिए उनी बाहेक कुनै खेलाडीले महागढिमाईको लागि दोहोरो अन्कमा रन बनाउन नसक्दा टिमले हार ब्योहोर्नु परेको यश मिश्रले बताए । प्रतियोगिताको म्यान अफ द म्याच बिरगंजका समीर अन्सारी भए । आजै भएको दोश्रो खेलमा महाबिर कलब हेटौंडाले कलैया क्रीकेट क्ल्बलाई १ बिकेटले पराजित गरेको छ ।

Karaiya Mai Notice Winter

टस जितेर कलैयाले ब्याटिङ गर्दै रबि साह्को 26 रन र कुमार थापा 13 रन मदतमा ७२ रन बनाएको थियो । बलिङ तर्फ हेटौडा का – राम नरेश गिरि – ४ ओभरमा १ मेडन १६ रन ५ विकेट, उदित श्रेष्ठ ४ ओभरमा२१ रन दिदै २ विकेट लिएका थिए । २० ओभरमा जवाफी ब्याटिङ थालेको महाबिर क्लब हेटौंडाको तर्फबाट सिम्खडा २० रन बनाए । कलैया को बलिङ तर्फ कलैया का पवन सराफ ले ४ ओभर १ मेडन ११ रन ४ विकेट,समीर नेपाल ४ ओभर १७ रन ३ विकेट,अनिल साह १ ओभर २ रन १ विकेट लिए ।

Hide quoted text लेट्स प्ले स्पोर्ट्स प्रालि आयोजक रहेको प्रतियोगिता कार्तिक ७ गते सम्म हुने आयोजकका प्रबन्धक यश मिश्रले जानकारी गराएका हुन । देशको प्रतिष्ठित ८ टिमको सहभागिता रहने खेल लिग चरणमा खेलाइने मिश्रले बताए । प्रतियोगिताको बिजेताले नगद रु. २ लाख सहित अन्य पुरस्कार सामग्री त्यस्तै उप बिजेताले नगद १ लाख सहित अन्य सामग्री पुरस्कार पाउने भएका छन ।

प्रतियोगिताले स्थानिय स्तरमा अझ ससक्त र राम्रा खेलाडी पहिचान हुने आयोजकले जनाएको हो । प्रतियोगिताको कुल लागत लगभग १७ लाख ८६ हजार हुने जसको ३०% महागढिमाई नगरपालिकाले र बाकी रकम विभिन्न प्रायोजकहरुबाट संकलन गरिने आयोजकले जनाएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश