CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पहिचान र हक अधिकारको लागि संगठित हुँदै बिराट राजवंशी

पहिचान र हक अधिकारको लागि संगठित हुँदै बिराट राजवंशी

पहिचान र हक अधिकारको लागि संगठित हुँदै बिराट राजवंशी

फेटा GP PSA
833
सिम्रौन्गढ़ नपा psa

उषा सरदार , बिराटनगर

समाजको मुल धारमा समाहित नभएकै कारण बिराट राजवंशी पछाडी परेका छन।अन्य समुदाय अगाडी बढी रहेको परिपेक्षमा बिराट राजवंशी सामाजिक , आर्थिक र राजनीतिक रुपले पिछडिएका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

यस्तो पछोटे पनका कारण शिक्षामा पछाडी परेको छ।बिराट राजवंशी शिक्षा र राजनीतिको प्रभावमा सहभागी हुन नखोजेको कारणले पछाडी पर्न गएको बिराटनगरमा बुधबार आयोजित ओलाइएको छ।

राजवंशी समाज उत्थान समितिका मोरङ्ग अध्यक्ष प्रदिप कुमार विश्वासले कार्यपत्र प्रस्तुत गर्दै राजवंशी समाजमा बिश्वास , एकता,योग्यता ,क्षमताको अभाव रहेको भन्दै राजवंशी समाजलाई मुल धारमा ल्याउन विभिन्न तह र तप्कामा पहुच बढाउनु पर्ने कुरामा जोड दिनु भयो। उहाँले पहिले बिराट राजवंशी जमिनदार थिए तर अहिले भुमीपुत्र बनेको छ ।बिराट राजवंशीको अवस्था खस्किदै गइरहेको छ, पहिचान र अधिकार बिहिन भइरहेको छ। शिक्षा बिनाको सामाजिक बिकास कसरी होला त हामी कल्पना गर्न सक्छौ !उहाँले भन्नुभयो आर्थिक अवस्थाको कारण शिक्षामा पहुच, जागीरको सुनिश्चितता नभेको र स्थानीय र माथिल्लो तहको उच्च वर्गको विभेदपुर्ण व्यबहारले हामी पछाडी परेको गुनासो गर्नु भयो ।

Karaiya Mai Notice Winter

त्यसैगरी राजवंशी उत्थान समितिका जिल्ल उपाध्यक्ष सिद्धलाल राजवंशीले बिराट राजवंशीलाई सरकारले आदिवासी जनजातीमा सुचिकृत नगरेकोमा आक्रोश ब्यक्त गर्नु भयो।आर्थिक अवस्था कमजोर र शिक्षामा पहुच नभएकै कारण प्रदेश र संघीय तहको राजनीतिकमा राजवंशीको उपस्थिति नरहेको दुखेसो ब्यक्त गर्नु भयो। राजनीतिमा पहुच , शिक्षामा पहुच र आर्थिक बिकासको लागि राजवंशीहरुमा एकता, बिश्वास , आट र आदर हुनु अति आवश्यक रहेको भयो।उहाँले अब स्वजातिय उत्थानको लागि कार्यगत एकताको आबश्यकता रहेको बताउनु भयो।

राजनीतिक कार्यपत्र प्रस्तुत गर्दै रामसुन्दर राजवंशीले राजनीतिक दलहरुले आफ्नो दल गत स्वार्थ पुरागर्नको लागि बिराट राजवंशीलाई भोट बैंकको रुपमा उपयोग गरि रहेको बताउनु भयो। बिराट राजवंशीको राजनीतिक हैसियत बनाउन दलहरु तत्पर हुनु पर्ने बताउनु भयो।

कार्यक्रमका प्रमुख अतिथि तथा समाजवादी पार्टीका प्रदेश सभा सदस्री जयराम यादवले बिराट राजवंशी पहिले के थियो र अहिले के हो भन्ने कुराको मूल्याकंन गर्नु सक्नु पनि ठुलो भएको बताउनु भएको छ।जातीय उत्थानको लागि सामाजिक , आर्थिक र राजनीतिक तीन वटा शब्द हाम्रो योग्यता र क्षमतामा भर पर्ने गरेको धारण ब्यक्त गर्नु भयो।जातीय पहिचानको लागि सामुहिक भावनाको बिकाश गरि समुदायको उन्न्तीको लागि लागिपर्नु पर्ने बताउनु भयो। उहाँले आफ्नो योग्यता र क्षमताको आधारमा समय अनुसार आफ्नो बलबुतामा आय आर्जन गरि अगाडी
बढनु पर्ने बताउनु भयो।

बिराट राजवंशी युवा समिति संयोजक र राजवंशी समाज उत्थान समितिको आयोजनामा भएको बिराट राजवंशीको सामाजिक , आर्थिक र राजनीतिक बिषयक अन्तर्कृयामा राजवंशी समुदायका जनप्रतिनिधि , शिक्षक, कलाकार , समाज सेबि जगातको उपस्तिथि रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश