CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

एवाईसी भलिबलको उपाधी शितगंगालाई

फेटा GP PSA
1,167
सिम्रौन्गढ़ नपा psa


सन्धिखर्कमा सोमबारदेखी सुरु भएको एवाईसी अन्तरपालिका स्तरीय रनिङ्गशिल्ड भलिबल प्रतियोगीताको उपाधी शितगंगा नगरपालिकाले जितेको छ । बुधवार भएको फाईनल खेलमा सन्धिखर्क नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दे शितगंगा नगरपालिकाले लगातार दोस्रो पटक उपाधी उचालेको हो । प्रथम भएसंगै शितगंगाले शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र सहित नगद ५० हजार हात पारेको छ । लगातार दुईवटा संस्करण जितेको शितगंगाले आगामी बर्षपनी जिते शिल्ड सहित नगद एक लाख पनी प्राप्त गर्ने छ ।
दोस्रो भएको सन्धिखर्कले ट्रफी, मेडल, प्रमाणपत्र सहित नगद ३० हजार प्राप्त गरेको छ ।

यस्तै तेस्रो स्थानका लागी भुमिकास्थान नगरपालिका र पाणिनी गाँउपालिकाबिच खेल हुनुपर्नेमा पाणिनीले खेल नखेली मैदान छोडेपछी भुमिकास्थान स्वतः तेस्रो भएको थियो । तेस्रो स्थान हासिल गर्ने भुमिकास्थानले ट्रफी, मेडल, प्रमाणपत्र सहित नगद २० हजार पाएको छ ।

‘युवाहरुको एकता, समाज सुधारमा अग्रसरता’ भन्ने नाराका साथ अर्घाखाँची युवा परिषद्को आयोजनामा भएको भलिवल प्रतियोगीतामा जिल्लाका ६ वटा स्थानिय तहहरुको सहभागिता रहेको थियो । पुरस्कार वितरण समारोहमा सन्धिखर्कका मेयर कमल प्रसाद भुसाल, उपमेयर ठाकुर कुमार बिक, प्रमुख प्रशासकिय अधिकृत जिवन ज्ञवाली, शितगंगाका मेयर सुर्य प्रसाद अधिकरी, उपमेयर टिका रेश्मी, प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल, सर्वोच्च अदालतका उपरजिष्ट्रार अशोक कुमार क्षेत्री, उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । परिषद्का महासचिव प्रकाश भुसालले रनिङ्गशिल्ड जित्ने टिमलाई नगद एक लाखको साथमा शिल्ड पनि प्रदान गरिने बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश