CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

उपभोक्तालाई चामलमा ठगी गर्ने व्यापारीलाई २ लाख जरिवाना

फेटा GP PSA
561
सिम्रौन्गढ़ नपा psa


सन्धिखर्क नगरपालिका अर्घाखाँचीले चुत्राबेसीका एक ब्यापारीलाई अनुगमनको क्रममा तौलमा उपभोतmालाई ठगी गरेको भेटिएपछि २ लाख रकम जरिवाना तिराएको छ ।

कपिलबस्तुका संजय कुमार कलवारले सन्धिर्खकको चुत्रबेशीमा शिवा किराना तथा भण्डार गोदाम खोली ३० र २५ किलोको चामलमा १ केजी घटाएर उपभोतmालाई ठगेको अनुगमनका क्रममा भेटिएको हो । अनुगमन गर्न गएको टोलीले ठगी गरेको भेटाएपछि उपभोतmा संरक्षण ऐन २०७५ बमोजिम सन्धिखर्क नगरपालिकाले २ लाख ५ सय जरिवाना तिराएको अनुगमन टोलीका संयोजक जीबनाराण आचार्यले जानकारी दिनुभयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कलवारले सन्धिखर्कका बिभिन्न पसलहरुमा राम, ब्ल्याकबेरी, कैलाशी चामलमा १ केजी घटाएर ४ सय २५ बोरा चामल बेचेको स्वीकार गरेपछि निजलाई २ लाख ५ सय जरिवाना तिराएको सन्धिखर्क नगरपालिका अर्घाखाँचील बताएको छ ।

सन्धिखर्क नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ, उपभोता संक्षणसमिति लगायतको टोलीले तीहारको समयमा अनुगमनको क्रममा म्याद गुज्रिएका आटा, चामल, बिस्कुट, भुजा, तेल, सुजी गरि ३० हजार मुल्य बराबरको समान आज अनुगमन टोलीले नष्ट गरेको कृषि अधिकृत राजेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश