CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मेयर सरावगीको नेतृत्वमा वीरगंजको विद्यालयहरुमा जडान गरेको सिसि केमरामा लाखौंको भ्रष्टाचार

फेटा GP PSA
568
सिम्रौन्गढ़ नपा psa

वीरगंज । वीरगंज महानगरपालिकामा दिनहुँ विभिन्न शिर्षकमा लाखौंको भ्रष्टाचार भइरहेको छ ।सुखी सम्पन्न परिवार र सामाजिक क्षेत्रमा राम्रो छवी बनाएका बिजय कुमार सरावगी निर्वाचित भएपछि नगरको काया पलट हुने विश्वास आम नगरवासीहरुले गरेको भएतापनि अहिले नगरबासीहरुको आशा र भरोसा विपरितका कामहरु हुन थालेका छन् ।बिजयकुमार सरावगीको कार्यशैली माथि औंला उठ्न थालेको छ । कतिपय भ्रष्टाचार जन्य कार्यमा मेयरको प्रत्यक्ष संलग्नता भएको प्रमाणहरु जुट्न थालेको छ ।

Karaiya Mai Notice Winter

यही क्रममा वीरगंज महानगरपालिका भित्र रहेको माध्यमिक विद्यालयहरु विद्यालय हाजिरी तथा डिजिटलाइजेशन कार्य अन्तर्गत विद्युतिय सुरक्षा प्रणाली अन्तर्गत हाजिरी गर्ने मेशिन र सिसि टिभी जडान गर्ने काम भयो । जसअन्तर्गत १८ वटा विद्यालयको खातामा रु. ३ लाखको दरले रकम पठाइयो र विद्यालयका प्रधानाध्यापकहरुलाई तपाइको विद्यालयमा हाम्रो मान्छे सिसि टिभी क्यामेरा जडान गर्न जान्छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

त्यसलाई बिल बमोजिमको भुक्तानी गर्नु होला भनी मेयर सरावगीले आदेश दिएको एक प्रधानाध्यापकले नाम उल्लेख नगर्ने शर्तमा बताए । मेयरको आदेश बमोजिम ग्रेट एडु सर्भिस प्रा.लि.का प्रबन्धक दिपक तिवारीले विद्यालयहरुमा उपकरण जडान गरी ३५ लाख भन्दा बढी भ्रष्टाचार गरेका छन् ।ग्रेट एडु सर्भिस प्रा.लि.को नाउँमा प्रत्येक विद्यालयमा ८० देखि ८५ हजार बजार भाउको समान जडान गरेर २ लाख ९९ हजारको भुक्तानी दिपक तिवारीले बुझेर महानगर बासीहरुको रकममाथि ब्रहृमलुट मच्चाएका छन् ।मेयर सरावगी र उनका आसेपासेहरुले यस्ता कैयन “मुद्रा दोहन” अभियान चलाएर मोटाइरहेको बताइन्छ । 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश