CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मन्त्री यादवको रौतहटमा भब्य स्वागत, अध्यनरत छात्रालाई गरे साईकल बितरण।

मन्त्री यादवको रौतहटमा भब्य स्वागत, अध्यनरत छात्रालाई गरे साईकल बितरण।

फेटा GP PSA
693
सिम्रौन्गढ़ नपा psa

मन्त्री यादवको रौतहटमा भब्य स्वागत, अध्यनरत छात्रालाई गरे साईकल बितरण।

अमित ठाकुर।रौतहट।कार्तिक ०६। प्रदेश नं.२ का आठ जिल्लामा सुरु भएको मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ योजना अन्तर्गत आज रौतहटका दुई ठाउँका बिधालयका छात्राहरुलाई साईकल बितरण गरिएकाे छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश


प्रदेश नंबर २ का कृषि सहकारी राज्य मन्त्री योगेन्द्र यादवको प्रमुख अतिथिमा गढीमाई नगरपालिका वडा नंबर ८ बिरनगरा टोलका एक बिधालयका अध्यनरत छात्राहरुलाई साईकल बितरण गरिएकाे हाे । भने त्यसतै सोही नगरपालिकाका वडा नंबर ७ का एक बिधालयका अध्यनरत ३५ छात्राहरुलाई मन्त्री यादवले अाफै बितरण गरिएको हो।

Karaiya Mai Notice Winter


प्रदेश नंबर २ का छोरीहरुलाई पढ्न जान सजिलो हुने र उच्च शिक्षा हाँसील गर्ने अभिप्रेरित गर्ने उदेश्यले सुरु गरिएकाे यो कार्यक्रम अहिले आठै जिल्लामा जोर सोरले चलिरहेकाे छ । प्रदेश नंबर २ का छोरीहरुका लागि शिक्षा क्षेत्रमा यस्तै कुनै न कुनै प्याकेजहरु विभिन्न समयमा हामीले ल्याउने मन्त्री यादवले जानकारी गराएका छन्।

साईकल बितरण भईरहदा यस प्रदेशका अभिवावकहरुले साईकलकै लागि भएपनि आफ्ना छोरीहरुलाई पढ्नका लागि बिधालय पठाउन सुरु गरेका छन्।
मन्त्री यादवले कार्यक्रमलाई सम्बोधन गर्दै छोरीहरुका लागि शिक्षा क्षेत्रमा आउने दिनमा मुख्यमन्त्री कार्यालयबाट विभिन्न प्याकेजहरु ल्याउने प्रतिबद्धता ब्यक्त गरेका छन्। प्राबिधिक शिक्षा लागू गर्न प्रदेश सरकार संग माग गर्दै छु। जिल्लामा अाधुनिक र सुबिधा सम्पन्न बिधालय बनाउने छौ। र अहिले प्रदेश सरकारबाट छोरीहरुलाई ५० % अारक्षणको ब्यवस्था गरिएको छ। अाउने दिनमा हाम्रै समाजका छोरीहरु समाज सहित प्रदेशकै नाम रौषण गर्ने बिश्वास लागेका छन्।


यस अघि आएको बिनाशकारी बाढीमा मन्त्री यादवले आफु निर्वाचित क्षेत्र देखि सकेसम्म अन्य क्षेत्रमा पनि राहत र नगद बितरण गरेका थिए । मन्त्री यादवले अाफ्नो प्रदेश भित्र रहेका कमी कम्जोरीलाई अनुगमन गरि तुरुन्तै ठिक पार्ने र जन्ताहरुको सुखदुःख मा साथ दिई रहेको हुँदा मन्त्री यादवको कार्यशैली हेरी जन्ता हर्षित बनेका छन्। किसानहरुलाई उनले पानी तान्ने मोटर र क्रसर मेसिन बितरण गरेका थिए ।

  • मन्त्री यादवले प्रदेश कमिटीको कोषबाट विभिन्न ठाउँमा सडक,मन्दिर र बिधालयका भवन निमाण गरेका छन् ।उक्त कार्यक्रममा समाजवादी पार्टी रौतहट क्षेत्र नंबर २ का सांसद प्रत्याक्षी किरण साह, रेवन्त झा, सो वडाका वडा अध्यक्ष, टोलीका अभिभावक लगायत गाउँका भरभलादमीहरुको उपस्थित रहेकाे थियो।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश