CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल बिधुत प्राधिकरण मिर्चैयाको सक्रियता बिधुत चुहावट घट्यो

फेटा GP PSA
700
सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा
सिरहा,कार्तिक ६ गते । नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र मिर्चैयाले बिधुत चुहावट नियन्त्रण गर्न सक्रियता बढाएको छ । बिधुत चुहावट नियन्त्रण प्रक्रियाको तहत प्राधिकरणले मिटर चोरीबाट ७९ हजार ८ सय ९ रुपैया जरिवाना र हुकिङ्ग गरी चुहावट गरेको बाट ३८ हजार ३ सय ७६ असुलि गर्न सफल भएको मिर्चैया बिधुत प्राधिकरण वितरण केन्द्रको प्रमुख ईन्जिनियर दिग्मबर यादवले बताए ।

Karaiya Mai Notice Winter

प्रमुख ई.यादवले रिसिलिङ्ग ८ सय मिटरमा गरेको र बिधुत चोरी ११ वटा मिटरमा भएको बताए । त्यसतै बिना सुचना लाईन कट्टा ४ सय ३ वटामा गरि साउन देखि अहिले सम्म ३ महिना भित्रै चुहावट नियन्त्रण ब्यबस्थित पार्दै जम्मा ४२ लाख २१ हजार ३ सय ६७ रुपैया असुलि गर्न सफल भएको र नियमित रुपमा विजुलि बिल नतिर्नेहरुको लाइन धमाधम काटिदै गरेको बताए । हाल बिधुत चुहावट हदै सम्म नियन्त्रण भएको बुझिएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश