CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

तिहारमा फूलका मालामा कृत्रिमता र आधुनिकता बढ्दै By

फेटा GP PSA
552
सिम्रौन्गढ़ नपा psa


नेपालीहरुको दोस्रो महान पर्वको रुपमा मनाइने तिहार पर्व नजिकिन थालेसँगै बजारमा चहलपहल बढन थालेको छ ।

तिहार पर्वको लागि चाहिने समानहरु किनमेलसँगै पर्वलाई लक्षित गरि फुल माला, टिका बिभिन्न परिकारहरुले सजिएका पसलहरुले पनि थप रौनकता सुरु भएको छ । तर पछिल्लो समय यता तिहार पर्व पनि आधुनिकता बन्न थालेको छ । तिहार पर्वमा दियो, पाला मात्र हैन् अहिले फूलका मालाको सट्टा बजारमा रहेका कृतिम फूलहरुबाट बनेका मालाहरु प्रयोग गर्ने क्रम बढ्न थालेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

गाउँघरमा प्रशस्त मात्रामा फूलहरु नपाउनु सँगै फूलहरुको खेती समेत नगर्नुले अहिले बजारमा रहेका कृति मालाहरु प्रयोग बढेको व्यवसायीहरुको तर्क रहेको छ । फुलको खेती पनि नगर्नु र केहि आफै उम्रेका फूलहरुको भरमा चाडपर्व टार्नुपर्ने गरेका कारण पनि फुलको सट्टा कृतिम फूलमा आश्रीत हुनु परेको हो । गाउँमा फूलखेती गर्न तर्फ चासो नदिनु र देखासिकी गरेर पनि कृतिम मालाहरु प्रयोग गर्ने क्रम बढेको तम्घासका व्यवसायी चेतनारायण पाण्डेयले बताए । गाउँमा स्थानिय तहले नै प्रत्येक घर छेउमा अनिवार्य फूल रोप्न अनिवार्य गर्नु पर्ने बताए ।

Karaiya Mai Notice Winter

अहिले तम्घास बजारमा ३० रुपैयाँ देखि २ सय सम्मका कृतिम फूलका मालाहरु बिक्रीका लागि राखेको उनले बताए । जिल्लाका केहि स्थानीय तहमा कृतिम फूलका मालाहरु निषेध गरेका अघिल्लो वर्षको तुलनामा मालाहरु बिक्री नभएको व्यापारीहरुको तर्क छ । तिहारको पाँचौ दिन भाइटिकाको दिन टिकासँगै फूलका माला लगाउने प्रचलन रहि आएको छ । गाउँमा फुलहरु नहुनाले फूलको गर्जो टार्नालाई पनि आफनोे गक्ष अनुसार कृतिम मालाहरु बिक्ने गर्दछन् ।

देख्दा पनि झपक्क देखिने र टिका लगाई सकेपछि फूलका मालाको अनिवार्यता हुनाले पनि कृतिम माला भएपनि अनिवार्य रुपमा किनेर लगाउने गर्दछन् । तिहार पर्वको दीपावलीमा माटोेको पालामा दियो बाल्ने चलनलाई समेत आधुनिकता थपिएको छ । अहिले दियोको सट्टाले विजुली बत्तीले झिलिमिलि बनाउने थालिएको छ । पहिले यमपञ्चकको पहिलो दिनदेखि माटोले बनाइएको पालामा दियो बालेरे झिलिमिली बनाइने भएपनि पछिल्लो समय विजुलि बत्ती पुगेका ठाउमा यो विस्थापित नै भएको छ ।

गाउँमा पनि बिद्युतको पहुच बढेसँगै दियो,पालाहरुमा बत्ति बाल्ने प्रचल बिस्तारै हराउदै गएको हो । तिहारका अवसरमा खेलिने देउसी भैलोमा समेत आधुनिकता मिसिएको छ ।

देउसी भैलो खेल्दा मौलिक गीतहरु नगाई बजारमा आएका बिभिन्न गीतहरु मार्फत नाच्ने गाउने गरिदा परम्परा हराउदै जान थालेको छ । संस्कृति बचाउन भन्दा पनि अहिले पैसा जम्मा गर्ने उदेश्यले मात्र देउसी भैलो खेल्न थालिएको पुराना पुस्ताको चिन्ता रहि आएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश