CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाराका प्रमुख जिल्ला अधिकारि नै पन्च वर्षीय गढ़िमाइ मेलाको बाधक बन्दै : माननीय यादव (विडियो सहित)

फेटा GP PSA
8,740
सिम्रौन्गढ़ नपा psa

कलैया बारा । 

गढिमाइ सेवा समिति र नगर बिच रहेको विवादमा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारि नै अहिले मुख्य भूमिकामा रहेको प्रष्टिदै गएको प्रतिनिधि सभा सदस्य रमेश यादवले बताएका हुन् । नगर प्रमुख उपेन्द्र यादव, माननीय रमेश यादव, अनुसन्धान प्रमुख, प्रहरी प्रमुख र स्वंयम प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणि पोखरेल एकै साथ् बसी छलफल गरि सहमति भईसकेको थियो  र सोहि दिन चार बजेको समयमा फेरी बैठक बसी नगर तथा ट्रष्टले बनाएको मुला समिति बिघटन गरि उच्च अस्तरिय समिति गठन गरि कसैको मानमर्दनमा ठेस नपुग्ने गरि सहमति भएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

दुइटै पक्ष बीच यदि सहमति भएर गईएन भने मेलामा झमेला हुनबाट कसैले रोक्न नसक्ने कुराको कुनै वास्ता नराखी प्रमुख जिल्ला अधिकारीले कुनै न कुनै राजनीतिक दलको इसारामा दुइटै पक्षको विवाद अल्झाउनमा लागेको माननीय यादवले बताए ।सहमति यदि भएन भने ठुलो द्वन्द हुने र द्वन्द को बारेमा कसैले परिकल्पना पनि गर्न सक्दैन जस्तो किसिमको द्वन्द हुने संकेत देखि रहेको माननीय यादवले बताए ।

विवाद साम्य भई  समनव्य भई सकेको अवस्थामा प्रमुख जिल्ला अधिकारि पोखरेलले सोहि दिन दुई बजे नै जग्गा ठेक्काको बारेमा जग्गा ठेक्का रद गर्ने पत्र पठाए पछी फेरी विवाद कायमै रहेको माननीय यादवले वताए । माननीय यादवले भने प्रमुख जिल्ला अधिकारिको भूमिका समनव्य गर्नुको सट्टा झन् जोखिमको बाटोमा धकेलेको उनको आरोप रहेको छ ।

यदि यस्तै किसिमको अवस्था रही रहयो भने भोलिको दिनमा हुने सबै घटनाको जिम्मेवारी प्रमुख जिल्ला अधिकारि लाइ नै लिनु पर्ने माननीय यादवले बताए । आज बिहान गढिमाइ सेवा समितिको सभा हलमा पत्रकार समेलनको आयोजना गरि समाजमा निकै नै निन्दनीय कार्य प्रमुख जिल्ला अधिकारीले गर्नु भएको यादवले बताए । हामीले बुझे अनुसार कतै बाट संचालित भएर प्रमुख जिल्ला अधिकारीले यस्तो कार्य गरि पन्च वर्षीय गढ़िमाइ मेलाको बाधक बनिरहेको माननीय यादवले बताए ।

प्रमुख जिल्ला अधिकारि पोखरेल संग बुझ्दा हामी लाइ अरु कुरा थाहा छैन जे काम हुन्छ त्यो नियम संगत हुनु पर्ने कुराहो र सोहि अनुसार हामीले गरेको बताए ।   

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश