CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

फेटा GP PSA
819
सिम्रौन्गढ़ नपा psa

विराटनगर महानगरका मेयर पराजुली सष्टाङ्ग दण्डप्रणाम गर्दै घाटको यात्रा पुरा गर्ने

विराटनगर ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली छठ पर्वको पूजाकालागि कष्टकर ब्रत बसेका छन् । निराहार ब्रत बसेका मेयर पराजुलीले १६ औ पटक दुरी नापेर सष्टाङ्ग दण्डवत गर्दै (दुरी नापेर घस्रदैंं) सिंघिया घाटमा पुगेर अस्ताउदो सूर्यलाई अर्घ दिनेछन्
आज दिउँसो साढे १० बजे विराटनगर स्थित पोखरीयामा रहेको शिव पाञ्चायन मन्दिरबाट भतिज प्रमिस र श्रीमती रञ्जीतासँगै दण्ड प्रणाम गर्दै निस्कीएका पराजुली साढे तीन किलोमिटर दण्ड प्रमाण गर्दै सिंघिया घाटमा पुगेर अस्ताउ सूर्यलाई अर्घ दिने पराजुलीका प्रेस सल्लाहाकार कौशल निरौलाले जानकारी दिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

५ वर्षदेखि भतिज प्रमिसले साथ दिइरहेका मेयरलाई यसपाली मेयरका धर्मपत्नी रञ्जीताले समेत दण्ड प्रणाम गर्दै घाटमा पुगेर साथ दिइरहेकी छिन् । उक्त दुरी पार गर्न करिव ५ घण्टा लाग्ने मेयर पराजुलीले बताए ।
१६ बर्षयता छठ माताको ब्रत बस्दै आएका मेयर पराजुलीले १६ औ पटक दण्ड प्रणाम गर्दै सिंघीया घाटमा आज पुगेर भोली विहान उदाउँदो सूर्यलाई अर्घ दिएर ब्रत समापन गर्नेछन् ।
नगरबासीको सुख, शान्ति र समृद्धिको कामना सहित छठको कष्टपूर्ण ब्रत बसेको मेयर पराजुलीले जानकारी दिए । दण्ड प्रणाम गर्दै छठको पूजाकालागि निस्कीएका पराजुली धर्म प्रति बढी आस्था राख्छन् ।

‘पहिले म आफु र परिवारको रक्षाका लागि छठ पुजा गर्थे’ उनले भने, ‘तर अहिले सम्पुर्ण महानगरवासीको सुरक्षा र समृद्धि र लोक कल्याणका लागि गर्न थालेको छु, सकुन्जेल निरन्तरता दिने मेयर पराजुलीले बताए ।’मेयर पराजुलीलाई हौसला दिन हास्य कलाकार तथा निर्मात्री दिपाश्री निरौला तथा राष्ट्रिय गायक सुमित खडकालगायतका उपस्थीत रहेका थिए ।

Zen1 News साभार

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश