CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गुल्मीमा चार दिन पहिले फेला परेका ३ वटा शबको अझै पहिचान भएन

फेटा GP PSA
596
सिम्रौन्गढ़ नपा psa

२० कात्तिक, गुल्मी – चारदिन पहिले गुल्मीमा बेवारिसे अबस्थामा फेला परेका ३ वटा शबहरुको अझैपनि पहिचान हुन सकेको छैन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

शनिवार बिहान चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ पोखरी भन्ने स्थानको जंगलमा भेटिएका ३ शबहरुको अझै पहिचाहन हुन नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिनबहादुर घलेले बताउनु भयो ।

बेवारिसे अबस्थामा भेटिएका शबहरुको ४ दिन बित्दा समेत पहिचान नहुदा प्रहरीलाई थप अनुसन्धान गर्न समेत समस्या परेको छ । भेटिएका शबको टाउकोमा गम्भीर चोटहरु देखिएको र घटनास्थल नजिकै हेम्बर (घन) भेटिएको प्रहरीले जनाएको छ ।

Karaiya Mai Notice Winter

फेला परेका ३ वटै शबलाई पोष्ट मार्टम पछि गुल्मी अस्पतालमा पछिसम्म राख्न समस्या भएपछि पाल्पा जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीले शब पहिचाहनको लागि मातहतका प्रहरी चौकी र छिमेकी जिल्लाहरुमा खबर गरिए पनि अहिलेसम्म कहिबाट पनि सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बेवारिसे अबस्थामा फेला परेको शबको पहिचाहन र घटना बारे अनुसन्धान भइरहेको प्रहरी प्रहरीले जनाएको छ । भेटिएका शबको महिला अन्दाजी २८ र २९ बर्षकी गहुँ गोरी अन्दाजी पाँच फिट उचाई रहेको छ ।

महिलाको कपाल कालो र खैरो भएको, निलो टप्स लगाएकी, कालो सुईटर, बायाँ हातमा सुनको बाला लगाएकी, दाहिने खुट्टामा चाँदीको पाउजु लगाएकी, दाहिने हातमा घडी बाँधेकी दुई खुट्टाको माईली औलामा चाँदीको औठी लगाएकी नाकमा नथिया लगाएको अबस्थामा महिलाको शब फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै अन्दाजी ७ र ८ बर्षकी गहुँ गोरी अन्दाजी ३ फिट उचाई भएकी बालिका, निलो जिन्स पाईन्ट लगाएकी हरियो फुल टिशर्ट र कालो जुत्ता लगाएकी र अर्की अन्दाजी ८ र ९ बर्षकी अन्दाजी ३ फिट जति उचाई भएकि, निलो जिन्स पाईन्ट लगाकी, निलोमा रातो धर्का भएको ट्रयाकसुट भित्र रातो टिसर्ट लगाएकी, रातो जुत्ता लगाएकी बालिकाको शब फेला परेको प्रहरी नायव उपरिक्षक (डिएसपी) घलेले बताउनु भयो ।

उनीहरुको अनुहार मंगोलियन रहेको छ । शब पहिचाहन र पोष्टमार्टमको रिर्पोट पछि मात्रै कारण खुल्ने घलेको भनाई छ । कच्ची सडकबाट ४ मिटर पर बेवारिसे अबस्थामा महिलाको शब र सोहि स्थानबाट १ मिटर पर २ वटा बाकिाको शब फेला परेको थियो । शब फेला परेको स्थान जिल्ला सदरमुकाम तम्घासबाट करिब ५ घण्टा पछि मात्रै पुग्न सकिन्छ । घटना भएको स्थान नजिकै बाग्लुङ जिल्ला पर्दछ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश