CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

महेन्द्र आदर्श चिउटाहामा प्रधानमन्त्री आधुनिकीकरण परियोजना(माछा)सुपरजोन द्वारा ३ दिने कृषक तालिम सुरु

फेटा GP PSA
1,463
सिम्रौन्गढ़ नपा psa

सबिर आलम, बारा।

प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई माछा सुपरजोन सिम्रौनगढकाे आयोजनामा आदर्श कोतवाल गाउँपालिकाको वडा न.१ महेन्द्र आदर्श चिउटाहामा प्रथम चौमासिक सुकृत कार्यक्रम अन्तर्गत ३ दिने सीप विकास तथा क्षमता अभिबृद्धि कृषक तालिम सुरु भएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

माछा सुपरजोन बाराका समयोजक रामकिशोर यादवले कार्यक्रमको उदघाटन गरेका हुन । यादवले माछाको उत्पादनलाई बढी भन्दा बढी बढाउन माछाकाे दाना जसरी भए पनि उपलब्ध गराउन सुपर जोनका वरिष्ठ कृषि अधिकृत डा.प्रधुम्न राज पाण्डेलाई आग्रह गर्नु भएको छ।

Karaiya Mai Notice Winter

साथै आन्ध्रा प्रदेशमा ठुलो, ठुलो माछा हुन्छ, किन हुन्छ? के खुवाउछ? कस्तो बाताबरण हुन्छ? त्यस्को बारेमा अध्य्यन जरुरी रहेको पनि यादवले बताए । त्यस्तै प्रधानमन्त्री आधुनिकीकरण प्रयोजना कार्यान्वयन इकाई माछा सुपरजोन सिम्रौनगढका वरिष्ठ कृषि अधिकृत डा. प्रधुम्न राज पाण्डेले स्वागत मन्तव्य राख्दै, यो तालिम उपयोगीमुलक किसिमबाट तथा सहभागितात्मक किसिमबाट लिन जोड दिनु भयो।

प्रतिबद्धता जनाउँदै अधिकृत पाण्डेले भने यस कार्यक्रम (तालिम)बाट आएका सुझाव तथा निष्कर्षबाट आगामी कार्यक्रमहरुमा समावेश गर्दै गइनेछ, तथा सक्रिय सहभागीताको लागि अनुरोध गर्नु भएको थियो। उक्त तालिममा माछा सुपरजोन संग सम्बन्धित ३०जना माछा किसानहरुको सहभागिता रहेको छ।

उक्त ३ दिने तालिमको पहिलो दिन माछा सुपर जोनका वरिष्ठ कृषि अधिकृत पाण्डे तथा कृषि अर्थ बिद बिकास कुमार साहले मत्सय पालन बारे माछाको जातीय छनौट तथा आहार व्यवस्थापन सम्बन्धि जानकारी, पोखरी निर्माण तथा डिजाइन, माछाको भुराको नर्सरी व्यवस्थापन बारे जस्ता कुराहरूको बारेमा बिस्तृत जानकारी दिइएको छ ।

उक्त माछा कृषक तालिममा किशोरी प्रसाद यादव, ललन प्रसाद यादव, अशोक कुमार सहनी, दिनेश प्रसाद यादव, श्यामसुन्दर कुशवाहा, बिनोद प्रसाद यादव, देवनारायण महतो, मुकेश मुखिया लागायतहरुको सहभागिता रहेको थियो । प्राविधिक सहायक रामपुकार साह, हेथौडाकाे प्राविधिक सहायक अवधेश कुमार सिंह, माछा सुपर जोन धनुषाका मत्सय बिकास अधिकृत दिपक मिश्रले भोलि र पर्सि प्रशिक्षण दिइनेछन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश