CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सता बाहिर राष्ट्रवाद सता मा हुदा राष्ट्रघात : प्रशान्त रौनियार

फेटा GP PSA
1,067
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

सरकारले अलिकति गरेको ढिलाइ संगै हरेक प्रतिपक्षीहरु लाई औंला उठाउन मौका मिले संगै हरेक संगठनले औला ठड्याउन थालेका छन। त्यस्तै युथ पार्लियामेन्ट नेपाल प्रदेश नं २ को प्रमुख तथा नेपाल बिद्यार्थी संघ बाराका जिल्ला सदस्य प्रशांन्त रौनियारले टिप्पणी गरेका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कम्युनिस्ट सरकारले सत्ता बाहिर रहे सम्म राष्टवादको कुरा गर्छ अनि आफू सत्तामा हुदा राष्टवादी देखाउने वेला कानमा तेल र आखामा पट्टी बाधी बस्ने गर्छन भन्ने ठाडो आरोप लगाएका हुन। कालापानी, लिम्पियाधुरा र लिपुलेकबारेमा भारतले आपत्तिजनक नक्सा निकाल्दा केही गर्न नसक्नु भन्नुको अर्थ खोक्रो राष्टवादको कुरा गरि सत्तामा पुग्न एउटा सस्त्रमात्र प्रयोग गरेको पनि उल्लेख गरेका छन।

युवा प्रशान्त रौनियारले ले भारत सरकारले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको लिम्पियाधुरादेखि लिपुलेक सम्मको समग्र कालापानी क्षेत्रमा पर्ने भूभाग भारतमा गाभेको भन्दै आपत्ति जनाएका हुन । यो कदमलाई नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपाली भूभागमाथि गरिएको नाङ्गो अतिक्रमण भनेका छन । यसबारे सम्पूर्ण देशभक्त नेपाली जनसमुदाय विशेष संवेदनशील र गम्भीर बन्न जरुरी रहेको पनि जनाएको छ ।

हाम्रो पार्टी भारतीय विस्तारवादद्वारा यसरी नेपाली भूभाग माथि गरिएको नाङ्गो अतिक्रमणको तीव्र विरोध तथा भत्र्सना गरेका छ्न। साथै, यसबारे आलटाल नगरी आवश्यक सत्यतथ्य प्रकाशमा ल्याई भारतको यस कदमको कडा विरोध गर्न, नेपालको सार्वभौमिताको पक्षमा दह्रोसँग उभिन र यसबारे तुरुन्तै आवश्यक कूटनीतिक पहल अगाडि बढाउन नेपाल सरकारसित जोडदारमाग गरेका छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश