CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पुजा अर्यालको कविता गद्य शिर्षक : म नारी हुँ

फेटा GP PSA
799
सिम्रौन्गढ़ नपा psa


म नारी हुँ
नारी भएकै कारण
बाँच्न गारो हुँदोरहेछ ।
यो समाजसंग जुध्न ,
धरातलमा अस्तित्व खोज्न
साच्चै सकस हुँदोरहेछ ।

न त जन्माउने
बा आमाले नै बुझ्छन छोरिलाई
न कुनै समाजले बुझ्छ ।
परपुरुषको झन के कुरा
मौका मिल्न साथ
अस्तित्वनै मेटाइदिन्छ ,
गिद्दे नजर लगाउँछ्न ।
गाह्रो रहेछ नारिलाई ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कहिले बोक्सिको नाउँमा
लथालिङ्ग पार्छन ,
कहिले बिधुवा नारी माथी
एकतर्फी हमला गर्छ ,
अशक्त कम्जोर देख्नै हुन्न
बलात्कार गर्छन
कुरुप बनाइदिन्छ ,
साच्चै गाह्रो रहेछ बाच्न नारिलाई ।

नजिक बनेर आउँछ्न कोहि
भावनाको खेलवाड गर्छन
सहयोग गर्ने नाउँमा
शरीरसंग खेल्न खोज्छ्न ,
रमाउन खोज्छन
चाहना इक्षा पूरा गर्न खोज्छ्न ,
साच्चै गाह्रो रहेछ नारिलाई ।

Karaiya Mai Notice Winter

हुर्किदै गरेकी युवती
उमेरङ्गै उसको चाहना
खुसी हर्षमा रमाउन पाउँदैन ।
जवानिको राप तापेर
भरपुर आनंदमा हराउन चाहने
स्वार्थ लुट्न खोज्ने
पापी दुनियाँसँग
साच्चै गाह्रो रहेछ नारिलाई बाच्न

ए पापी मनुष्य हो
कति लगाउँछौ गिद्दे नजर।
कति खेल्न खोज्छौ
हाम्रो अस्तित्व माथि
यदि नेपाल आमाका सन्तान हौ भने
साच्चिकै बहादुर छौ भने
जाउ देशको सिमा बचाउ
बलात्कृत हुने चेलीको ज्यान बचाउ
हामी नारिको जिबन रक्षा गर ।
आफ्नै चेली माथी आक्रमण गरेर
बहादुरिता नदेखाउ ।
हामी नारिलाई पनि सम्मान गर
बाच्ने आधार देउ ।
अस्तित्व बचाइदेउ ।

जय देश ।।

पुजा अर्याल
इस्मा गाउँपालिका-5
गुल्मी

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश