CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

भारतको नयाँ नक्सा तुरून्त सच्याउन ने.आ.जनजाति विद्यार्थी महासंघका चितवन जिल्ला अध्यक्ष गुरुङको माग

फेटा GP PSA
1,118
सिम्रौन्गढ़ नपा psa

इन्द्रजीत गोइत
चितवन,कार्तिक,२४ गते । भारतले हालै सार्वजनिक गरेको आफ्नो देशको राजनीतिक नक्सामा नेपालको भूमि मिचिएको प्रति नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ चितवन जिल्ला अध्यक्ष साजन गुरुङले सचिन्नका लागि अनुरोध गरेको छ । भारतले सार्वजनिक गरेको उक्त नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै उक्त नक्सा तुरून्त खारेजीको माग गरेको छ ।
सार्वभौमसत्तासम्पन्न नेपाली जनता र नेपालको राष्ट्रियताप्रति सँधै वफादार रहेको र कसैप्रति पनि आफ्नो स्वभिमान नझुक्ने जनाएको छ । नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ चितवन जिल्ला अध्यक्ष साजन गुरुङले भने नेपाल सरकारले चीन र भारत दुवै मुलुकसँग कुटनैतिक रुपमा पहल गरी यो नयाँ नक्सा खारेजीको लागि अग्रसरता देखाउनु पथ्र्यौ तर यस घटनामा सरकार आलोकाचो विज्ञप्ति जारी गरेर उदासिन देखिएको छ, यसप्रति महासंघ घोर भ्रत्र्सना रहेको जनाएको छ ।

Karaiya Mai Notice Winter

वीर नेपाली पूर्खाले कालापानी, लिपुलेक र लिम्पुवाधुराको माटोमा आफ्नो रगत बगाएका थिए । नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ चितवन जिल्ला अध्यक्ष साजन गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, हाम्रा पूर्खाले रगत खर्चेर जोगाएको नेपाली माटो भारत सरकारले आफ्नो हो भनी नक्सांकन गर्नु नेपाल र नेपाली जनताप्रतिको धोका हो ।

भारत सरकारले हाल जारी गरेको नक्साप्रति घोर आपत्ति प्रकट गर्दै यस्तो नक्सा तुरुन्त खारेज गर्न भारत सरकारसँग जोडदार माग गर्दछ विज्ञप्तिमा भनिएको छ, यस विषयलाई कुटनैतिक पहल गरी समस्यामा समाधान गर्नको लागि नेपालका राजनैतिक दल र नेपाल सरकारलाई आग्रह गर्दछौं ।

Baiju sah