![Devatal Chhath](https://www.cinnepal.com/wp-content/uploads/Devtal-shubhakamana.jpg)
![Bara Gadhi Notice winter](https://www.cinnepal.com/wp-content/uploads/2024/07/Bara-Gadhi-Notice-Final.gif)
बिराटनगर, उषा सरदार
विराटनगर म.न.पा.वार्ड नं. १५ स्थित भन्सार कार्यालयको अगाडिको वाटोमा हुण्डी कारोबार गर्ने मानिसहरू को ३९ प ७३९६ नं. को मोटरसाइकल प्रयोग गरी अबैध नगद रूपैयाको ओसारपसार गरिरहेको छ भनी प्राप्त गोप्य सूचनाको आधारमा प्रहरी टोलिले भारतबाट नेपालतर्फ आएका को ३९ प ७३९६ नं. को मोटरसाइकल रोकेर चेकजाँचगर्दा जिल्ला मोरङ विराटनगर म.न.पा.वार्ड न. १४ ओमसाइराम टोल बस्ने वर्ष वर्ष ३० को ज्योति कुमार साह र सोही मोटरसाइकलमा पछाडी सवार रहेका भारत जिल्ला अररिया वडा नं.१७ जोगवनी साँहुटोल बस्ने वर्ष १९ को विक्की कुमार साहलाई कुल नगद रू ७ लाख सहित नियन्त्रणमा लिईएको,
निजहरू मध्ये मो.सा चालक ज्योति कुमार साहको साथबाट रू चार लाख रूपैया र सोही मोटरसाइकलमा पछाडी सवार रहेका विक्की कुमार साहको साथबाट रू.३,००,०००।–(तीन लाख) गरी कुल रू ७ लाख फेला परेको, र उक्त रकमको निजहरूले कुनै श्रोत खुलाउन नसकेको,
निजहरूलाई तत्कालै उक्त घटनास्थलमा प्रहरीले सोधपुछ गर्दा उक्त रकम भारत अररिया जिल्ला जोगवनी बजारबाट एक जना व्यक्तिले हुण्डि कारोवार अन्तर्गत पठाएको र यसरी पठाएको रकम सम्वन्धित व्यक्तिको जिम्मा लगाएपछी प्रति १ लाख रू १०० पाउने गरेको भनी प्रारम्भिक चरणमा खुलाएको,
निजहरूलाई मिति २०७६ कार्तिक २४ गते थप अनुसन्धान तथा कार्वाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा वुझाईएको छ ।
![Baiju sah](https://www.cinnepal.com/wp-content/uploads/2024/07/Messenger_creation_87266e67-cb29-48a3-8237-118d766a3566.jpeg)