CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

विदेश भन्दा राम्रो स्वदेशमा पैसा कमाइःअटो चलाक

फेटा GP PSA
523
सिम्रौन्गढ़ नपा psa

गणेश कुमार ठाकुर

सिरहा,कार्तिक २४ गते । ५ वर्ष वैदेशिक रोजगारीमा बिताएका सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं. ६ का राजेश्वर साह अहिले मिर्चैयामा अटो चलाउँछन् । स्वदेशमा रोजगारीका अवसर नभएको भन्दै विदेश गएका उनी लामो समय देश बाहिर रहे । त्यहाँको कमाइले घरको कमजोर आर्थिक अवस्थामा खासै परिवर्तन नआएपछि दोहोर्याएर विदेश नजाने निष्कर्षमा पुगे, करिब ५ लाख लगानी गरेर अटो खरिद गरे र आफैं चलाए । उनी अहिले सदरमुकाम आसपासका ग्रामीण क्षेत्रलाई समेत लक्ष्य गरी अटोमा यात्रु बोक्छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

मिर्चैया नगरपालिका वडा नं. ६ का राजेश्वर साह ५ वर्ष मलेसिया बसे । जोखिमपूर्ण काम गर्दा कतिबेला मृत्युको मुखमा पुगिने हो भन्ने त्रासका बीच ५ वर्षको मलेसिया बसाइलाई छोडेर अहिले उनले यहाँ आफ्नै गाँउमा उनले अटो किनेर चलाउन शुरु गरे । विदेशमा कमाएको पैसाले नपुगे पछि ऋण लिए र ५ लाखमा अटो खरिद गरे । उनी अहिले सदरमुकाम र आसपासका बजार क्षेत्रमा अटो चलाउने गर्छन् ।

Karaiya Mai Notice Winter

यो पेशाबाट दैनिक ५ सय देखि १ हजार सम्म आम्दानी हुने गरेको अटो व्यवसायीहरुले बताएका छन् । सामान्य अवस्थामा पनि दैनिक १ हजार आम्दानी गर्ने उनीहरुको सदरमुकाममा हुने विशेष कार्यक्रमहरुमा भने कमाइ पनि बढ्ने गर्दछ । कार्यक्रम पर्दा त दैनिक २ हजार देखि ५ सम्म आम्दानी हुने गरेको व्यवसायी श्रवण रजकले बताए । ‘रिजर्भ गरेर सदरमुकाम बाहिर जानु पर्दा अतिरिक्त कमाइ हुन्छ,’ रजकले भने ।

नगरपालिकामा अटो भित्रिएसँगै नगरवासीलाई आवजावमा निकै सहज भएको छ । व्यक्तिगत सवारी साधन नहुनेहरुका लागि अटोले निकै सहयोग पु¥याएको कल्यणपुर नगरपालिका वडा नं.६ का प्रदिप साहले बताइन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश