CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

गुल्मीमा पहिलो पटक १५ औं राष्ट्रिय कफी दिवश मनाईदैं, कफीको नयाँ मुल्य निर्धारण गरियो

फेटा GP PSA
544
सिम्रौन्गढ़ नपा psa


गुल्मी, कात्तिक २६ । कफीको जननी जिल्ला गुल्मीमा यही मंशिर १ गते १५ औं राष्ट्रिय कफी दिवश मनाईने भएको छ । ‘आर्थिक संमृद्धिका लागि किसानको हात,गुणस्तरीय कफी रोपण अभियानमा हामी सबैको साथ’ भन्ने मुख्य नारा सहित गुल्मी जिल्लामा पहिलो पटक उक्त राष्ट्रिय कफी दिवश मनाउन लागिएको राष्ट्रिय चिया तथा कफी विकास वोर्डका उप निर्देशक लक्ष्मण पोख्रेलले जानकारी दिनु भएको छ ।
राष्ट्रिय चिया तथा कफी विकास वोर्ड, जिल्ला समन्वय समिति, कफी सुपरजोन, जिल्ला सहकारी संघ, कफी विकास केन्द्र, कफी अनुषन्धान केन्द्र लगाय विभिन्न कार्यालय तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहित सदरमुकाम तम्घासमा बसेको बैठककले यस पटक कफीको जननी जिल्ला गुल्मीमा राष्ट्रिय कफी दिवश मनाउने निर्णय गरेको हो । कफी दिवशलाई भव्य रुपमा मनाउनका लागि यसको सम्पूर्ण व्यवस्थापकीय प्रमुखको जिम्मा बैठकले जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीलाई दिएको छ ।
नेपालका सबै भन्दा विक्रम संम्बत १९९५ मा गुल्मी आँपचौरका स्थानीय हिरा गिरीले बर्मावाट नेपाल फर्कने क्रममा कफीको विउ लिएर पहिलो पटक कफी खेतीको सुरुवात गर्नु भएको थियो । राष्ट्रिय चिया तथा कफी विकास वोर्डको तथ्यांक अनुसार हाल नेपालका २० जिल्लामा व्यावसायी रुपमा कफी खेती गरिदै आएको छ । विश्व बजार र आन्तरिक बजारमा यतिवेला १४ देखि १५ हजार मेट्रिकटनसम्म नेपालको अराविका जातको कफीको माग भए पनि नेपालमा हाल ५ सय ३० मेट्रिकटन मात्र कफी उत्पादन हुने गरेको छ ।
नेपालमा अराविका र अर्गानिक जातको कफी उत्पादन हुँदै आएको छ । कफी खेती नेपालमा १२ लाख हेक्टरमा रोपण गर्न सकिने भएपनि हाल करिव २८ सय हेक्टर क्षेत्रफलमा मात्र कफी रोपण र विस्तार गरिएको छ । विश्व वजारमा अराविका र अर्गानिक जातको कफीको माग र यसको मुल्य पनि बढी रहेको बताईएको छ ।
कफीको नयाँ मुल्य निर्धारण
राष्ट्रिय चिया तथा कफी विकास वोर्डले कफीको नयाँ मुल्य निर्धारण गरेको छ । वोर्डका निमित्त कार्यकारी निर्देशक दिपक खनालको अध्यक्षतामा बसेको बैठककले चालु आर्थिक वर्ष २०७६÷०७७ मा न्यूनतम कफी उत्पादनको मुल्य निर्धारण गरेको वोर्डका उप निर्देशक लक्ष्मण पोख्रेलले बताउनु भएको छ ।
नयाँ निर्धारित मुल्य सूचि अनुसार फ्रेस चेरी कफी ग्रेड ‘ए’ को प्रति केजी ८५ रुपैंया र ग्रेड ‘वी’ को ७५ रुपैंया कायम गरिएको छ । त्यसैगरि पार्चमेण्ट कफीको हकमा ग्रेड ‘ए’ को ४ सय २५ रुपैंया र ग्रेड ‘वी’ को ३ सय ७५ रुपैंया निर्धारण गरिएको छ । ड्राई चेरी कफीको हकमा ग्रेड ‘ए’ को १ सय ४० रुपैंया र ग्रेड ‘वी’ को ९० रुपैंया कायम गरिएको राष्ट्रिय चिया तथा कफी विकास वोर्डले जनाएको छ ।

Baiju sah