CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गुल्मीमा उल्लासपुर्ण रुपमा मनोनयन दर्ता मुख्य दुई दलबीच चुनावी प्रतिस्पर्धा

फेटा GP PSA
525
सिम्रौन्गढ़ नपा psa


२७ कार्तिक गुल्मी

गुल्मीको उपनिर्वाचनमा मुख्य दुई दलबीच प्रतिस्पर्धा देखिएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बुधबार मुख्य निर्वाचनको कार्यालय रुरु क्षेत्र गाउँपालिका वडा न ४ बलेटक्सारमा नेकपा, नेपाली काङ्ग्रेस एक जनाले
स्वतन्त्रको तर्फबाट मनोनयन दर्ता गरेका छन ।

रुरुक्षेत्र गाउँपालिका ६ रिमुवामा ०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेवाट निर्वाचित वडा अध्यक्ष
पुर्ण बहादुर रेगामीको निधन भएपछि वडा अध्यक्ष पदको लागि उपनिर्वाचन हुदैछ । निर्वाचनका लागि प्रमुख राजनितीक दल
नेकपा र नेपाली काग्रेसले उम्मेदवारको छनौट गरिसकेका छन ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गिरि प्रसाद सिन्जालीलाई प्रतिस्पर्धामा उतारेको छ । भने नेपाली काङ्ग्रेसले
बेद प्रसाद दर्लामीलाई उमेदवार बनाएको छ ।

Karaiya Mai Notice Winter

दुवै जनाले बुधबार उल्लासपुर्ण रुपमा मनोनय दर्ता गरेका छन।भने मन बहादुर दर्लामीले स्वतन्त्र उम्मेद्बारी दर्ता गरेको
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपाका उमेदवार सिन्जाली २०७४ सालको स्थानीय तहको निर्वाचनमा
बिजयी वडा सदस्य हुन ।

भने नेपाली काङ्ग्रेसका दर्लामी वडा अध्यक्षमा पराजित भएका थिए । सबैभन्दा पहिले पन्चेबाजा सहित नेपाली काङ्ग्रेसले
केन्द्रिय नेता चन्द्र भण्डारी र जिल्ला स्तरीय नेता कार्यकर्ताको साथमा ११ : ४७ बजे मनोनयन दर्ता गरेको
मुख्य निर्वाचन अधिकृत पौडेलले बताए । 

त्यसपछि नेकपाले प्रदेश सभा सदस्य कमलराज श्रेष्ठ, दिनेश पन्थी र जिल्ला स्तरीय नेता कार्यकर्ताको साथमा १२ : ५० मा
मनोनयन दर्ता गरेको पौडेलले बताए ।

त्यसपछि स्वतन्त्रका उमेदवार मन बहादुर दर्लामीले मनोनयन दर्ता गराएका थिए । रुरु गाउँपालिका ६ रिमुवामा कुल मतदाता
सख्या २ हजार ४८ रहेको मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

निर्वाचन कार्यालयले अहिलेसम्म गाउँपालिकामा आफ्नो कार्यलय स्थापना र वडाको वस्तुस्थितीको वारेमा जानकारी लिएको छ ।
मुख्य निर्वाचन अधिकृत पौडेलका अनुसार १ मसिंरमा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश