CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रशासनकै संरक्षणमा दोहरो नागरिक, उजुरी दिएको महिनौ वित्दा छानविन भएन

फेटा GP PSA
519
सिम्रौन्गढ़ नपा psa

वीरगन्ज (पर्सा), २८ कात्तिक ।
दोहरो नागरिकता लिएर नेपाल बस्दै आएका नागरिकलाई मुलुकमा छानविनको प्रक्रिया कडाईका साथ अगाडि बढाई रहेको अवस्थामा वीरगन्जमा दोहरो नागरिकलाई बचाउने कार्य भइरहेको तथ्य फेला परेको छ । दोहरो तथा फर्जी प्रमाण पुरा गरि नागरिकता प्राप्त गरेकाहरुलाई जिल्ला प्रशासनले छानविन गरि कारवाही गर्नुपर्नेमा प्रशासनबाटै दोहरो नागरिकलाई बचाउने कार्य भइरहेको पाइएको छ । नेपाल भारत दुबै देशका नागरिकता लिएर वीरगन्ज आदर्शनगर – १० बस्दै आएकी एक महिला विरुद्ध नागरिकता छानविन गर्नका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता भएको ४ महिना हुन लाग्दा पनि कारवाही हुन सकेको छैन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

भारतको झारखण्ड राज्य धनवाद जिल्ला कतरास घर भई वीरगन्ज आदर्शनगर – १० निवासी राजेश खण्डेलवालसँग विवाह गरि नेपालको नागरिकता प्राप्त गरि दुबै देशका नागरिकता लिएर बस्दै आएकी छिन् । आदर्शनगर निवासी राजेश खण्डेलवाल झारखण्ड राज्य धनवाद जिल्ला कतरास निवासी शोभा खण्डेलवासँग विवाह गरि २०४६ सालमा खटेको नागरिकता टोलीमा नेपाल सरकारको वैैवाहिक अँगिकृत नेपाली नागरिकताको प्रमाणपत्र दिलाएका थिए । खण्डेलवालले आफ्नी श्रीमती शोभा खण्डेलवाललाई २०४६ साल असार २३ गते जिल्ला रौतहटबाट वैवाहिक अँगिकृत नागरिकता दिलाएका थिए । नेपाल सरकारबाट वैवाहिक अँगिकृत नागरिकता लिएकी शोभा खण्डेलवाल भारतीय नागरिकको प्रमाणपत्र त्यागेकी छैनन् । उनको हालसम्म भारतीय मतदाता सूचना केन्द्रमा नामावली रहेको छ । भारतीय मतदाता सूचना केन्द्रमा नाम शोभा देवी, राज्य झारखण्ड, विधानसभा निर्वाचन क्षेत्र बाघामारा – ४३, संसदीय निर्वाचन क्षेत्र गिरिदिह, भाग संख्या २००, मतदाता क्रमाँक २२९, पहिचान पत्र क्रमाँक जे.एस.एच. १२९८८२७ रहेको छ ।

Karaiya Mai Notice Winter

उनी भारत र नेपाल दुबै देशका नागरिकता लिएर नेपालमा बस्दै आएकी छिन् । विवाह पश्चात भारतको नागरिक्ता रद्द गराई नेपालको नागरिकता प्राप्त गर्नुपर्नेमा त्यसो नगरी दुबै देशको नागरिकता बोकी दुबै देशमा बसोबास गर्दै आएकी छिन् । निजका श्रीमान् राजेश खण्डेलवाल वीरगन्जका व्यापारी भएको र उनको प्रशासनसम्म पहुँच भएको कारण नै उनकी श्रीमतीको दोहरो नागरिकता विरुद्ध उजुरी परेको महिनौं वित्दा पनि प्रशासनले कारवाही गर्न आलटाल गरेको हो । शोभा खण्डेलवालको दोहरो नागरिकताबारे छानविनका लागि २०७६ साउन २ गते नै दर्ता नं. ८ मा जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता भएको हो ।

यस विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले नागरिकता जस्तो सम्वेदनशील विषयमा छानविन गर्न केही समय लाग्ने भएकोले समय लम्बिएको हुन सक्ने बताए । उनले कसैको नागरिकता छानविनका लागि जिल्ला प्रशासनमा उजुरी परेको छ भने त्यो छानविनको प्रक्रिया होला, कार्यवाही नभएको भने होइन, केही दिन ढिला हुन सक्ला तर त्यसमाथि छानविन पक्कै हुने विश्वास व्यक्त गरे ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश