CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मोरङ्ग जिल्ला अधिबेशनबाट मोहमद कादिर सर्वसम्मत चयन

मोरङ्ग जिल्ला अधिबेशनबाट मोहमद कादिर सर्वसम्मत चयन

फेटा GP PSA
983
सिम्रौन्गढ़ नपा psa

उषा सरदार ,बिराटनगर
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डल मोरङ्गको सदस्य मो. कादिर मोरङ्ग जिल्ला अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ।
दुई दुई महिनामा अध्यक्ष परिवर्तन हुने चक्रीय प्रणाली खरिज गर्दै मोरङ्ग जिल्ला सभापतिमा एक कार्यकालको लागि मो. कादिरलाई चयन गरिएको हो।
बिवादका बिच जिल्ला अधिबेशन २ खेमामा बाडिएको थियोे तर मोरङ्ग अध्यक्ष मण्डलका एक सदस्य अन्तिम क्षणमा मो. कादिरलाई सघाउनु भएको थियो।
रामजानकी सेवा सदनमा भएको जिल्ला अधिबेशन आधिकारिक भएको र केन्द्रिय स्तरबाट मान्यता पाउने दाबी नवनिर्वाचित सभापति मो कादिरले गर्नु भयो।
नवनिर्वाचित सभापति कादिरले दुई पक्षलाई मिलाएर जान्छु भने पनि तत्काल समस्या समाधान होला जस्तो देखिदैन ।
पार्टी भित्र अलग बिचार र धारणा हुनु स्वभाविक हो तर ती बिचार र धारणाहरुबाट निचोड निकाल्दै मतभेदलाई बिर्सदै पार्टी एकता कायमै रहेको सन्देश दिने नवनिर्वाचित अध्यक्ष मो. कादिरले बताउनु भयो।
मालबाबु सहनी समर्थित समुहको जिल्ला अधिबेशन माडबाडी सेवा सदनमा बसेको थियो।
उक्त अधिबेशनमा प्रमुख अतिथि राजपाका केन्द्रिय सदस्य भोगेन्द्र यादव , केन्द्रिय सदस्य तबरेज हक , मोरङ्ग अध्यक्ष मण्डलका सदस्य रामानन्द साह , मुस्लिम मञ्चका सलिम अन्सारी समाजवादी पार्टीका मोरङ्ग अध्यक्ष राजकुमार यादब , समाजवादीका युवा नेता उमेश यादब , नेपाली कांग्रेसका नेता राजेश गुप्ता , पवन सारडा , राप्रपा नेता माधव आचार्य लगायतका नेताहरुको उपस्तिथि रहेको सो कार्यक्रम को अध्यक्षता जगरनाथ राजवंशीले र विद्यार्थी नेता बिपुल झाले कार्यक्रम संचालन गर्नु भएको थियो

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश