

बारा,फाल्गुन ०९ ।। बाराको कलैया उप–महानगरपालिका १३ बलिरामपुरबाट गए राति एक जनाको अपहरण भएको छ । बोल्न नसक्ने र सुन्न पनि नसक्ने स्थानिय मनोज साहको अपहरण भएको क.उ.न.पा १३ का वडा अध्यक्ष राजन प्रसाद कुर्मीले बताए ।
शितलपुर मठ चौकमा रहेको ग्रीलको पसल बन्द गरी घर तर्फ आउने त्रममा राति करिब ९ः३० बजेको समयमा करिब १५-२० जनाको समुहमा अपहरणकारीहरुले मनोजका दाजुभाई सरोज साह र उमेश साह लाई गहुबारीमा रहेको विजुलीको पोलमा बाँधेर जेठो मनोजको मात्र अपहरण गरी लगेको वडा अध्यक्ष कर्मीले बताए । बाँधिएका दुवै जना जसोतसो गरि छुटेर फोन मार्फत राति गाँउघरमा जानकारी गराएका थिए । दुबै दाजु भाइ लाई कुटपिट गरि टाउको फोडि दुटै हाथ समेत भाचेका छान।

अपहरणकारीले बाँधिएका दुवैलाई प्रशासनमा गए तिम्रो दाई मनोजलाई मारिदिन्छु भनि धम्की समेत दिएको र आफुलाई कुटपिट गरी घाइते बनाएको मनोजका भाई सरोज साहले बताए । घाइते दुवैको उपचार विरगंजको नेश्नल मेडिकल कलेजमा उपचार भइरहेको छ । मनोजका छिमेकी सँग जग्गा विवाद रहेको र उनले नै अपहरण गराएको अशान्कामा पहरीले छिमेकी सोनालाल महतोलाई सोधपुछका लागी हिरासतमा राखेको छ ।

अपहरणकारीले के कति कारणले अपहरण गरेको हो भन्ने थाहा हुन नसकेको र केहिलाई समाती अनुसन्धान भैरहेको तथा अपहरणकारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक रंजित सिंह राठौरले बताए।
