जनकपुरधामका युवा नेता नविन यादव समाजबादी पार्टीको संघीय परिषद सदस्यमा नियुक्त हुनुभएको छ ।
छोटो समयमा नै आफ्नो राम्रो राजनीतिक भविश्य बनाउनुभएका नेता यादवलाई उहाँको कामको मुल्याङ्कनका आधारमा संघीय परिषद सदस्यमा नियुक्त गरिएको समाजबादी पार्टीले जनाएको छ ।आफूलाई संघीय परिषद सदस्यमा नियुक्त गरे सँगै आफ्नो काँधमा अझ जिम्मेवारी बढेको नेता यादवले बताउनुभयो । उहाँ भन्नुहुन्छ मलाई पार्टीले दिएको जिम्मेवारी एक बफादार सिपाहीका रुपमा रही पार्टीको सिद्दान्त, विचार र विधानको मर्यादामा रही पुरा गर्ने उहाँले प्रतिवद्दता समेत गर्नु भएको छ ।
सानो उमेर देखि नै राजनीतिमा होमिनुभएका यादव विद्यार्थी राजनीति देखि नै मधेशका विभिन्न आन्दोलनमा सरिक हुँदै आउनुभएको छ । एक निस्ठावान नेताका रुपमा चिनिनुहुने यादव धनुषामा निकै लोकप्रिय रहँदै आउनुभएको छ ।