गुल्मी, ०५ मंसिर । गुल्मीमा एक युवती ५ दिनदेखि सम्पर्कविहिन भएकी छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ५ रजस्थल जाउनडाँडा बस्ने १७ बर्षिय पुजा अर्याल सम्पर्क विहिन भएकी हुन् । मंसिर १ गते आइतबार बिहान घरबाट हिडेकी उनी सोहि दिन साँझबाट नै सम्पर्कविहिन भएको परिवारले जनाएको छ ।
छोरी सम्पर्कविहिन भएपछि बुबा नारायण अर्यालले २ गते सोमबार इस्मा प्रहरी चौकी, इस्मामा उजुरी पनि दिएका छन् । तर अहिलेसम्म कतैबाट पनि भेटिएको जानकारी आएको छैन् । पुजाले इस्मा गाउँपालिका ४ दोहोलीस्थित रामराज्य माध्यमिक विद्यालयमा कक्षा १२ मा पढ्दै आएकी थिइन् । छोरी सम्पर्कविहिन भएपछि खोजि गरिदिन परिवारले सबैमा आग्रह गरेको छ । पुजालाई कसैले देखेमा वा भेटाएमा नजिकैको प्रहरी चौकी अथवा ९८५७०४९३३३, ९८६९५०२६४६ वा ९८६७४९२६३० मा सम्पर्क गरी सहयोग गरिदिन सबैमा आग्रह गरेको छ ।