CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पाल्पामा बेवारिसे अवस्थामा मानव कंकाल फेला पर्यो

फेटा GP PSA
562
सिम्रौन्गढ़ नपा psa

मंसिर ५,
पाल्पा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पाल्पामा बेवारिसे अवस्थामा मानव कंकाल फेला परेको छ।

जिल्लाको तिनाउ गाउँपालिका ३ भूतखोलाभन्दा माथि जंगलमा कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका
प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताए।

Karaiya Mai Notice Winter

उनका अनुसार खप्पर, हातखुट्टा र करङसहितको शरीरका विभिन्न भागका हड्डीहरू फेला परेका छन्। बुधबार बिहान
स्थानीयले देखेपछि दोभान प्रहरी चौकीलाई खबर गरेका थिए। आफूहरूलाई बुधबार बिहान ११ बजे खबर प्राप्त भएको र
लगत्तै पुगेको उनले बताए।

प्रहरी नायव उपरीक्षक सापकोटाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्राय मानिसहरू नजाने ठाउँमा कंकाल
फेला परेको छ। जंगलको बीच र निकै अप्ठ्यारो ठाउँमा मानव कंकाल भेटिएको हो। त्यसको केहि माथि रूखमा सर्ट
अर्थात् कमिज बाँधिएको अवस्था भेटिएको छ।

त्यहि सटमा झुण्डिएको र कुहिएपछि तल झरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनास्थलमा एउटा
झोलासमेत भेटिएको छ। झोलाभित्र रहेको रातो टि सर्टमा अनेरास्ववियू (क्रान्तीकारी) जिल्ला संगठन समिति पाल्पा
लेखिएको छ।

तर, पुरुष वा महिला कसको भन्ने अहिलेसम्म खुलेको छैन्। कंकाल कसको हो र के कारणले घटना भएको भन्नेबारे
अनुसन्धान तीव्र पारिएको प्रहरी नायव उपरीक्षक सापकोटाले बताए। कंकाल जिल्ला अस्पताल पाल्पामा राखिएको छ।

२०७३ सालमा विद्यार्थी संगठनले ५५ जनालाई यस्तो खालको टि सर्ट वितरण गरिएको अनेरास्ववियू पाल्पाका नेता पदम
सोमैले बताए। घट्नाबारे आफूहरूले पनि खोजी गरिरहेको उनले बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश