CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रदेश स्तरिय क्रीकेट प्रतियोगिता चन्द्रपुरमा भईरहेको पहिलो खेलमा पर्सा बिजय

फेटा GP PSA
541
सिम्रौन्गढ़ नपा psa

रौतहट ५ मंसिर ।

स्वर्गिय सन्तदास कार्की दासबावु तथा स्वर्गिय रामकुमार कोईरालाको स्मृतीमा प्रदेश नम्वर २ स्तरीय टी २० नकआउट क्रिकेट प्रतियोगिता रौतहटमा शुरु भएको छ । पहिलो खेल पर्सा र धनुषा बीच भएको छ । उद्घाटन खेलमा पर्सा ३ बिकेटले बिजयी भएको छ । धनुषले १०८ रनको टार्गेट दिएको थियो । पर्साका सुरज पटेलले ३४ वलमा ३५ रन लिएका छन । उनले ५ चौका प्रहार गरेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उनी उत्कृष्ट खेलाडी समेत घोषण भएका छन । बिहिवार देखी शुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य धनलाल ठोकर र नेकपा रौतहटका जिल्ला ईन्चार्ज युवराज भट्टराई समिरले सयुक्तरुपमा गरेका छन । चन्दपुर लाइ बिभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान दिने कार्की र कोइरालाको सम्मान र उनीहरुको योगदानको स्मरण गर्दै प्रतियोगिताको आयोजना गरीएको मुल समितिका संयोजक देवराज कार्कीले बताएका छन ।

उक्त प्रतियोगितामा पर्सा, धनुषा, महोतरी, सर्लाही, रौतहट, सिराहा, बारा र सप्तरी जिल्लका टिमहरु सहभागी हुने छन । मंसिर ६ गते रौतहट र सिराहा, ७ गते सर्लाही र महोतरी, ८ गते बारा र सप्तरी बिच हुने छ । सेमिफाईनल ९ र १० गते हुने र फाईनल खेल मंसिर १२ गते हुने छ ।

चन्द्रपुर ६ मा रहेको स्वर्गिय शेर बहादुर दर्लामी खेल मैदानमा खेल शुरु भएको छ । उद्घाटन कार्याक्रममा अखिल नेपाल फुटवल संघका प्रदेश २ संयोजक नेपाल कार्कीले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा खेल प्रेमीहरुको उपस्थिती रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश