CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

प्रहरीसँग १ दिन कार्यक्रम तथा स्थलगत अवलोकन भ्रमण सम्पन्न

प्रहरीसँग १ दिन कार्यक्रम तथा स्थलगत अवलोकन भ्रमण सम्पन्न

Pheta Chhath Shubhakamana
425
Bara Gadhi Notice winter

मोरंग,AIJC न्यूज़ नेटवर्क
समुदाय प्रहरी साझेदारी कृयाकलाप अन्तर्गत ‘प्रहरीसँग १ दिन’ कार्यक्रममा ईडेन नेशनली बोर्डिङ स्कुलका कक्षा ५, ६,७ र ८ मा अध्यनरत ३१ जना छात्र छात्राहरू र ५ जना शिक्षकहरुको उपस्थित भई कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा आयोजित उक्त कार्यक्रममा सहभागी छात्र छात्रालाई नागरिक सहायता कक्ष, ड्युटि अधिकृत कक्ष, महिला तथा वालवालिका सेवा केन्द्र, अपराध अनुसन्धान शाखा, कार्य शाखा, उजुरी छानविन शाखा, हिरासत व्यवस्थापन शाखा, प्रहरी परिचालन कक्षको भ्रमण गराई उक्त शाखाहरूबाट कसरी प्रहरी सेवा प्रदान गरिन्छ भन्ने जानकारी दिईएको थियो । कार्यक्रमको दौरानमा मोरङ प्रहरीले संचालनमा ल्याएको “मोरङ प्रहरी एप्स”, “कलर कोटेड सेवा प्रवाह कार्ड “, “मापसे सचेतना परीक्षण”, “समुदायसँग चिया” (Tea with Community), लागुऔषध विरूद्दको अभियान (Campaign Against Narcotics: CAN) को बारेमा समेत जानकारी गराईएको थियो ।
सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक राज कुमार खिउजुले बिद्यार्थीहरूलाई लागु औषध दुर्ब्यसनी, साईबर क्राईम जस्ता बिकृतिबाट बच्दै शैक्षिक सफलताको शुभकामना दिनु भएको थियो भने प्रशिक्षार्थीहरूलाई तालीम पश्चात कार्यक्षेत्रमा गएर स्थानीय तह, समुदाय, सामाजिक संस्था, बिद्यालय र प्रहरीवीचको सम्बन्ध सुमधुर बनाउँदै अपराध न्यूनीकरण गर्न दत्तचित भएर लाग्न निर्देशन दिनु भयो ।

Baiju sah