CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

सिमान्तकृत वडासदस्यहरु काम कर्तव्य र अधिकारका बारे बने जानकार

सिमान्तकृत वडासदस्यहरु काम कर्तव्य र अधिकारका बारे मा दिए जानकारी

Pheta Chhath Shubhakamana
548
Bara Gadhi Notice winter

उषा सरदार, बिराटनगर
सिमान्तकृत समूदायका वडासदस्यहरुलाई काम र कर्तव्यको बारेमा जानकार बनाइएको छ । विराटनगरमा शनिबार महिला, शान्ति, अनुसन्धान तथा विकास केन्द्र(वपरडेक)ले आयोजना गरेको सिमान्तकृत समुदायका निर्वाचित जनप्रतिनिधि सदस्यहरुसँगको अन्तर्क्रीया कार्यक्रममा धनपालथान गाउँपालिका , जहदा गाउँपालिका र रंगेली नगरपालिकाका सिमान्तकृत समूदायका ३२ वडासदस्यको सहभागिता रहेको थियो । वडासदस्यहरुले काम कर्तव्य र अधिकारका बारेमा आफूमा अन्योलता रहेको बताएका छन् । वडामा के–के योजना तर्जुमा भएका छन र कति रकमको विनियोजन गरिएको छ वडासदस्यहरुलाई थाह नै छैन । सिमान्तकृत समूदायका लागि नगरपालिका, गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारले के–के कार्यक्रम संचालन गरेको छ भन्ने सम्म पनि थाह नभएको कार्यक्रममा पाइयो । ठूला कार्यक्रममा वडासदस्यहरुको पहुँच नहुने गरेको समेत दुखेसो सिमान्तकृत समूदायका जनप्रतिनिधिको रहेको थियो । वपरडेकका केन्द्रीय अध्यक्ष सञ्जु कुमारी साहले सुचना कहाँबाट प्राप्त गर्ने भन्ने वडासदस्यहरुलाई थाह नभएकोले कार्यक्रमलाई सुचनाको हक र अधिकारका बारेमा केन्द्रीत गरेको बताउनु भयो । अध्यक्ष साहले योजना छनौट चरण प्रक्रियाको ७ चरणको बारेमा पनि वडासदस्यहरुलाई जानकारी गराएको र टोल स्तरीय समस्याको पहिचानमा पनि बल पुग्ने बताउनु भयो ।

Baiju sah