CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

महानगरको बिज्ञापन करको ठेक्कामा बैंक ग्यारेन्टी महानगरमा पुगेन

Pheta Chhath Shubhakamana
662
Bara Gadhi Notice winter

वीरगन्ज,८ मंसिर
वीरगन्ज महानगरपालिका भित्रका बिज्ञापन करको ठेक्का पाएको एक कम्पनिले बैंक ग्यारेन्टी नबुझाएर ठेक्का पाएको छ । महानगरपालिकाले निकालेको ठेक्काको बोलपत्र अनुसार ठेक्का पाएको काठमांडौको रुट्स एडभरटाईजिगंले ठेक्का पाएको चार महिना बितिसक्दा पनि बैंक ग्यारेन्टी नबुझाएको पाएको हो । गत साउन १२ गतेदेखि ठेक्का पाएको रुट्स एडभरटाईजिगंले हाल सम्म बैंक ग्यारेन्टी नबुझाउँदा सम्झौता गर्ने बाँकी रहेको वीरगन्ज महानगरपालिका कार्यालयले जनाएको छ । महानगरपालिकाले आर्थिक बर्ष २०७६÷०७७ देखि ०८०÷०८१ सम्मका लागी बोलपत्र अहवान गरेको थियो ।

अस्थाई पत्रको म्याद सक्यो


वीरगन्ज महानगरपालिका भित्रको विज्ञापन करको ठेक्का पाएको रुट्स एडभरटाईजिगंले बैंक ग्यारेन्टी नपुरयाँउदा तिन महिना भित्र बुझाउन गरी अस्थाई सम्भाmैता पत्र दिएको थियो । विज्ञापन करको नियम अनुसार ५ बर्षका लागी लगाईएको ठेक्कामा तिन महिनाका लागी दिएको अस्थाई पत्रको म्याद सकेको छ । महानगरपालिकाका एक कर्मचारीका अनुसार पाँच बर्षका लागी भएको ठेक्कामा तिन महिनाका लागी दिईएको कार्यदेशको म्याद सकेको छ ,उनी भन्छन,‘ तर रुट्स एडभरटाईजिगं ठेक्का पाएर बैंक ग्यारेन्टी हाल सम्म नादिएका कारण सम्झौता अपुरो रहेको जानकारी दिए ।ठेक्का पाउने बेला नै बैंक ग्यारेन्टी बुझाँउनका लागी पत्रचार गर्दे आएको भएपनि ठेक्का पाएका उतm कम्पनिले वास्ता नगरेको उनको भनाई छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

ठेक्काको बैंक ग्यारेन्टी बिना सम्झौता भएन

Karaiya Mai Notice Winter

स्थानीय सरकार संचालन ऐन २०७४ का अनुसार वीरगन्ज महानगरपालिकाको आर्थिक ऐन २०७६ को दफा ८ को अनुसुचि ६ अनुसार विज्ञापन करका लागी तिन महिनाका लागी अस्थाई कार्यदेश दिएको थियो ।महानगरपालिकाको विज्ञापन करको ठेक्का पाएपछि बैंक ग्यारेन्टी सहित सम्झौता गर्ने कार्यालयमा पुग्ने गरी नियम रहेको छ । तर ठेक्का पाएका रुट्स एडभरटाईजिगंले हाल सम्म बैंक ग्यारेन्टी नबुझाएकाले ठेक्काको सम्झौता गर्ने बाँकी रहेको महानगरपालिका कार्यालयले जनाएको छ । ठेक्का पाएको लामो समय भईसक्दा पनि ठेक्का पाएको कम्पनिले अस्थाई आदेशको तिन महिनाका दिईएको म्याद सकेपनि हालसम्म बैंक ग्यारेन्टी नबुझाएको महानगरपालिकाले जनाएको छ ।वीरगन्ज महानगरपालिकाले आर्थिक बर्ष २०७६÷०७७ देखि ०८०÷०८१ सम्मका लागी विज्ञापन करको बोलपत्र अहवान गरेकोमा कम्पनि ११ वटा कम्पनिले फर्म खरीद गरको महानगरपालिकाले जनाएको छ ।उतm बिज्ञापन करका लागी सिलाबन्दी बोलपत्रमा सुबोध चन्द्र झा ,रुट्स एडभरटाईनिगं ,रितिक मिडिया प्रा.लि ,आकृति एडभरटाईनिगं, एन.के कन्ट्रकसन , मोना कन्सट्रकसन प्रा.लि , बिनोद प्रसाद रौनीयार लगायत व्यतिm र कम्पनिहरु भरेका थिए ।

एक बर्ष सम्मको रकम जम्मा छ

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेतले विज्ञापन करको ठेक्का पाएको रुट्स एडभरटाईजिगंले महानगरपालिकामा धरौटी रकम बुझाएको जानकारी दिए । विज्ञापन करको ठेक्का पाउने बेलाा धरौटी रकम जम्मा गर्ने बेला रकम बुझाएको छ , केहि कागजपत्र मध्येका बैंक ग्यारेन्टी तिन महिना भित्र बुझाउनलाई कार्यदेश दिएको बताए ।उनले भने,‘ ठेक्का पाएको कम्पनिले महानगरमा बैंक ग्यारेन्टी मात्र बुझाएको छैन , तर एक बर्षको धरौटी रकम बुझाएको छ , बैंक ग्यारेन्टी बुझाउनका लागी तिन महिनाको म्याद दिईएको थियौ, अहिले उतm म्याद पनि सकेकाले पुन बुझाउन ताकेता गर्ने बताए ।यता रुट्स एडभरटाईजिगंका प्रतिनिधि युवराज गौतमले एक÷दुईमा महानगरपालिकामा बैंक ग्यारेन्टी बुझाउने बताए ।उनले ठेक्का पाएपछि कम्पनिले महानगरमा एक बर्षको धरौटी रकम बुझाएकाले बैंक ग्यारेन्टी बुझाउनमा ढिलाई गरेको बताए ।

के हो विज्ञापन कर

महानगरपालिका क्षेत्रभित्र कुनै पनि व्यवसायीक कम्पनि , विज्ञापन एजेन्सी ,औद्योगीक प्रतिष्ठान , वितिय संघसंस्था ,कन्सलटेन्सी लगायतका व्यवसायीकहरुले व्यवसायीक उद्येश्यले राखिएका होडिंग बोर्ड , ग्लो साईन बोर्ड , डिपिएस बोर्ड , एलिडि बोर्ड कम्पनि आफुनो प्रचार प्रसारका लागी राखिएका सम्पुर्ण विज्ञापन समाग्रीबाट लिने करलाई विज्ञापन कर हो । विज्ञापन कर महानरपालिकाको आन्तरीक आम्दानिको रुपमा उठाईने कर रहेको महानगरपालिका कार्यालयले जनाएको छ ।

Baiju sah