CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाराबाट पक्राउ ८ अभियुक्तमध्ये ७ जना जरिवाना तिरेर छुटे

फेटा GP PSA
537
सिम्रौन्गढ़ नपा psa

९ मंसिर, वीरगञ्ज – बारा प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भई फरार ८ जनालाई पक्राउ गरेको छ । नियन्त्रणमा लिइएका ८ मध्ये ७ जनालाई जरिवाना तिराएर छाडिएको छ ।

इलाका प्रहरी कार्यालय सिमरा, प्रहरी चौकी श्रीनगर बैरिया र अस्थायी प्रहरी चौकी गंगापुर बाराबाट खटिएको प्रहरी टोलीले फरार ८ अभियुक्तलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

पक्राउ पर्नेमा जितपुरसिमरा–१९ का ५० वर्षीय रामभाग्य राउत, कलैया उपमहानगरपालिका–१९ का ३५ वर्षीय मनोज भगत, कलैया–१९ का ५० वर्षीय रामप्रताप बैठा र पचरौता नगरपालिका–३ का धुपलाल दास बैरागी छन् । त्यसैगरी, अदालतको सजाय फैसलापछि फरार पचरौता–३ का वीरेन्द्रप्रसाद यादव, रामजिनिस प्रसाद कुशवाहा र रामचन्द्र हजरा दुसादलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

१ वर्ष कैद सजाय लागेका वन मुद्दाका प्रतिवादी रामभाग्य राउतलाई कारागार कार्यालय वीरगञ्ज पठाइएको र अन्य प्रतिवादी जरिवाना तिराएर छाडिएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता डीएसपी रञ्जित सिंह राठौरले जानकारी दिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश